सिन्धुली । कलाघर सिन्धुलीलाई विहिबार एक लाख एघार हजार एकसय एघार नगद सहित सम्मान गरिएको छ । लालीगुराँस उपभोक्ता सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा सम्मान गरिएको हो ।
राष्ट्रिय कला संग्राहलय निर्माणको अभियानमा खटेको कलाघर सिन्धुलीलाई कलाघरले गरेका कामहरुको संक्षिप्त उपलब्धि उल्लेख गरिएको अभिनन्दन सहित सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष नवराज कोइरालाले कलाघरका अध्यक्ष तथा परिकल्पनाकार सुमन थापा मगरलाई उक्त सम्मान प्रदान गरेका हुन ।
रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, प्रेसर सुगर सहितको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम सहित सहकारीले साधारणसभा तथा अधिवेशन गरेको हो ।




















