सिन्धुली । नेकपा एमालेको आसन्न ११ औं केन्द्रीय महाधिवेशनका लागि सिन्धुलीबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट ९ जना, क्षेत्र नं. २ बाट ८ जना र दलित कलष्टरबाट १ जना गरि १८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । जसमा महिला ६ जना, युवा २ जना, दलित १ जना र खुल्लाबाट ९ जना निर्वाचित भएका छन् ।
सिन्धुली क्षेत्र नं. १ बाट खुल्लातर्फ प्रदिप कटुवाल, बद्री देवकोटा, सुमन चौधरी, तारानिधि पोखरेल, पूर्ण थापा, महिला तर्फ मन्जु देबकोटा, पार्वती सुनुवार, पदममाया तामाङ र युवातर्फ लालबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
सिन्धुली क्षेत्र नं. २ बाट खुल्लातर्फ महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ, गोविन्दलाल माझी, रोमनराज गिरी (अशोक), महिलातर्फ रश्मिला देवकोटा, प्रमिला वाइबा, अप्सरा खड्का र युवातर्फ दिपक कुमार माझी निर्वाचित भएका छन् ।
यस्तै दलित कलष्टरबाट सरोज बि.क चयन भएका छन् । क्षेत्र नं. १ मा ४६ जना, क्षेत्र नं. २ मा ३९ जना र दलित कलष्टरमा ७ जनाको उमेदवारी रहेको थियो । सिन्धुलीमा संस्थापन पक्षका प्रतिनिधिहरुको बहुमत देखिएको छ । तीन वटै कलष्टरबाट संस्थापन पक्षमा १४ जना र संस्थापन इतर पक्षमा ४ जना देखिएका छन् ।




















