सिन्धुली । माछा मार्न भनि घरबाट हिडेका एक जनाको कमला नदीमा डुवेर मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नं. ६ भर्ताहीका ठम्मर बहादुर बि.क.को खोलामा डुबेर मृत्यु भएको हो ।
आइतबार माछा मार्न जान्छु भनि घरबाट हिँडेका वि.क सोमबार बिहानसम्म घर आइ नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजतलासका क्रममा कमला नदीमा उत्तानो परि दहमा डुबी रहेको अवस्थामा परिवारले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शव फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुबेदीले बताएका छन् । घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय डकाहाले गरिरहेको सुवेदीले बताए ।




















