सिन्धुली । ऐतिहासिक स्थल सिन्धुलीगढीमा बुधवार स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीगढीमा पर्यटनको प्रबद्र्धनका लागि आयोजना गरिएको कार्यक्रममा पत्रकार महासंघको केन्द्रिय कमिटि, विभिन्न जिल्ला शाखाका सभापति तथा सिन्धुली शाखाका सम्पूर्ण पत्रकारहरुको उपस्थितिमा छलफल गरिएको हो ।
गढीको प्रबर्दनका लागी करिव एक सय ५० जना पत्रकारहरु सिन्धुलीगढीमा उपस्थिति भएका थिए ।
सिन्धुलीगढी परिसरमा कमलामाई नगरपालीका सिन्धुली, सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुली र नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजनामा आयोजित कार्यक्रममा सिन्धुलीगढीमा पुगेका पत्रकारको टोलीलाई स्वागत गरिएको थियो ।
नेपाल पत्रकार महासंघको बिराटनगरमा आयोजित राष्ट्रिय भेलामा सहभागि हुन जाने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य सहितको केन्द्रिय टोलिले सिन्धुलीगढीको अवलोकन गरेको छ ।
स्वागत पछि नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति होमकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पर्याप्त मात्रामा सिन्धुलीगढीको प्रचार प्रसार हुन नसकेको र बिकास हुन नसकेको बताए । अव पत्रकार महासंघले सिन्धुलीगढीको प्रचार प्रसार तथा आवश्यक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कमलामाई नगरपालीकाका मेयर खड्गबहादुर खत्रीले सिन्धुलीगढीको विकासका लागि हाल सम्म भएका प्रयास र गतिबिधिका बारेमा जानकारी गराएका थिए । नगरपालीकाले सिन्धुलीगढीको विकासका लागि गुरुयोजना बनाएको र अव अर्को बर्षको कात्र्तिक २४ मा मनाईने बिजय उत्सवमा पृथ्वीनारायण शाहाको शालीकको अनावरण हुने र अन्य पुर्वाधारहरुको पनि पुनःनिर्माण हुने बताए । यसकालागि पत्रकारहरुले सकरात्मक र रचनात्मक सहयोग गर्न उनले आग्रह गरे । पुर्खाले नेपाललाई जोगाएको र अव सन्ततिले यसको संरक्षण गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
यस्तै कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्द्र बैदारले सिन्धुलीमाढीमा यहि पौष १३ गते देखी २२ गते सम्म हुने प्रादेशिक महोत्सवको बारेमा पत्रकारहरुलाई जानकारी गराए । महोत्सवमा सिन्धुलीको जुरनार तथा सिन्धुलीगढीको दृश्यवलोकन गर्ने बताए । महोत्सवले कृषि पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास गर्ने लक्ष्य लिएको बताए । महोत्सवमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ गाउँपालिका र ३३ निर्बाचन क्षेत्रका गरि करिब ५ लाख दर्शकले अवलोकन गर्ने उनले बताए । महोत्सवबाट ८० लाख अनुमानित आम्दानि र ६५ लाख खर्च हुने बताए ।
कार्यक्रममा सिन्धुलीगढीका अन्बेषण कर्ता सागरकुमार ढकालले सिन्धुलीगढीको इतिहासका बारेमा जानकारी गराएका थिए । सिन्धुलीगढीबाट विश्वमा नहारेको बेलाएति फौज तथा इष्ट इन्डिया कम्पनिका सेनाले पहिलो पटक हारेको बताए । २४ सय सेनाले पहिलो पटक हराउने ऐतिहासिक स्थलको महत्व बुझन नसकेकाले अव विस्तारै यसको महत्वबार बुझन थालेको बताए । कमलामाई नगरपालीकाले मुख्य प्राथमिकतामा राखेर पुनःनिर्माणको कार्य गरेको भन्दै अन्य सरोकारवाला निकायबाट पनि रचनात्मक सहयोगको अपेक्षा रहेको र सिन्धुलीगढीको प्रचार प्रसार र आवश्यक बिकासका लागि पत्रकारहरुले पनि सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय समितिका पदाधिकारी,केन्द्रिय सदस्यहरु, पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेलले गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई शाखाकी उपाध्यक्ष विमला पाण्डेले स्वागत गरेकी थिईन ।





















