सिन्धुली । जिल्लाबाट हरेक वर्ष पाँच हजार युवाहरु रोजगारीका लागि विदेश जाने गरेको एक तथ्यांकले देखाएको छ । बैदेशिक रोजगारका लागि सूचना तथा परामर्श केन्द्र (सामी परियोजना) सिन्धुलीकी कार्यक्रम संयोजक उमा पौडेलले जिल्ला बैदेशिक रोजगारमा जाने संख्याको आधारमा अग्रणी १३ औं स्थानमा रहेको समेत बताईन । उनले वैदेशिक रोजगारीमा जानेहरु प्रायः खाडी मुलुकमा जाने र अत्यधिक संख्या अर्थात ४५ प्रतिशत मलेसिया जाने गरेको पनि बताइन ।
उनले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७०÷०७१ मा आठ हजार छ सय १३ जना वैदेशिक रोजगारीमा गएका थिए । यो वर्ष सबैभन्दा धेरै रोजगारीका लागि विदेशिएको वर्ष रहेको छ । यस्तै, आर्थिक वर्ष २०७१÷०७२ मा ५ हजार ७ सय ४, २०७२÷०७३ मा ५ हजार ७ सय १५, २०७३÷०७४ मा ४ हजार ९ सय ३३ र २०७४÷०७५ को आर्थिक वर्षमा ४ हजार २ सय ३८ जना वैदेशिक रोजगारीमा गएका छन । जनाएको छ ।



















