सिन्धुली । सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा निर्माण व्यवसायमा स्वच्छ छवी बनाएका उद्धव प्रसाद दाहाल निर्वाचित भएका छन । संघको ९ औं जिल्ला अधिवेशनबाट दाहालले निवर्तमान अध्यक्ष समेत रहेका तुलसीराम श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । दाहाल सृजना निर्माण सेवा सिन्धुलीका प्रवन्ध निर्देशक हुन ।
आईतबार सिन्धुलीमाढीमा भएको निर्वाचनपछि गरिएको मतगणनामा दाहालले ४८ मतान्तरले श्रेष्ठलाई पराजित गरे । दाहालले १२९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी श्रेष्ठले ८१ मत प्राप्त गरे । निर्वाचनमा जम्मा २१० मत खसेको थियो ।
आइतबार सिन्धुलीमाढीमा भएको मतदानपछिको मतगणनाको अन्तिम परिणाम अनुसार प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल (पहाडी निर्वाचित भएका छन । पोखरेल तेज बहादुर श्रेष्ठ (रामकुमार) सँग २ मतान्तरले विजयी बने । पोखरेलले १०४ मत प्राप्त गरे भने श्रेष्ठले १०२ मत प्राप्त गरेका छन ।
दिनेश कुमार दाहालले १३४ मत सहित दोस्रो उपाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धिले ६९ मत प्राप्त गरे । कोषाध्यक्षमा रुम बहादुर राई विजयी भए । राईले डिल्ली बहादुर श्रेष्ठलाई पराजित गरे ।
यस्तै सचिवमा किरणराज लामा १०८ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रतिस्पर्धि पवन कटुवालले ९२ मत प्राप्त गरेका छन । सहकोषाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ १२२ मत सहित विजयी भए । उनका प्रतिस्पर्धि मनोज कुमार स्याङतानले ८१ मत प्राप्त गरे ।
यस्तै सदस्यहरुमा खुलातर्फ कुशल पोखरेल, दिपक कुमार थापा, धनबहादुर थिङ (रमेश लामा), मदन बहादुर खड्का (रमेश), सूर्य बहादुर तामाङ बिजयी भए । महिला सदस्यतर्फ सरिता राई, सुनिता गजुरेल निर्वाचित भए । जनजाती सदस्यतर्फ टेक बहादुर मानन्धर, युव बहादुर योञ्जन निर्वाचित भए ।
यसैबीच महासचिवमा श्रीलाल माझी र दलित सदस्य डम्बर वि.क निर्विरोध निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार सिन्धुलीमाढीमा भएको थियो ।





















