• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Province Province 3

तेह्र बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १४, २०८२
in Province 3, Featured, News, Society
0

Share via:

36 Shares
  • Facebook 36
  • Twitter
  • LinkedIn
  • More

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला बुधबार हेटौडामा सकिएको छ । भेलाले १३ बुँदे हेटौंडा घोषणा पत्र जारी गरेको छ । मंगलबारबाट सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला हेटौडामा भएको थियो ।

भेलाले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवि पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुग्नु, पत्रकारहरुको जीवनको सुरक्षा नहुनुले पछिल्लो समय पत्रकारीता पेशा नै संकट उन्मुख बन्दै गएको संकेत गरेको निष्कर्ष निकालेको छ । पेशालाई सुरक्षित, मर्यादित बनाउन र लोकतन्त्रको खम्बाका रुपमा सञ्चार क्षेत्रलाई विकास गर्न चुनौतीहरु रहेको घोषणा पत्रमा उल्लेख छ ।

भेलाले पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग माग गरेको छ । बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न माग समेत गरेको छ ।

सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन भेलाले सरकारसँग माग गरेको छ ।

 

‘स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण, सम्बद्र्धन र प्रम्बद्र्धनका लागि तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन । सञ्चारमैत्री कानुन, सञ्चारसँग सम्बन्धित नीति निर्माण तथा बजेट विनियोजनमा तीनै तहका सरकारहरुले चासो दिएका छैनन् ।’ घोषणा पत्रमा भनिएको छ,‘यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले २०८२ जेठ १३ र १४ गते हेटौडामा आयोजना गरेको बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेश स्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थितिमा भएको भेलाले बृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको छ ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बाागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार उद्घाटन गरेको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्यता रहेको थियो । भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्यहरु सूर्य सुवेदी, नवराज पथिक लगाएको सहभागिता रहेको थियो ।

यस्तो छ १३ बुँदे हेटौंडा घोषणा पत्र
नेपाल पत्रकार महासंघ
बागमती प्रदेश समिति, हेटौँडा मकवानपुर
दोस्रो प्रादेशिक भेला २०८२ द्वारा जारी गरिएको हेटौँडा घोषणापत्र
मिति स्२०८२ जेठ १३ र १४ गते
पत्रकारीता नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकसँग जोडिएको विषय हो । प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामा नै राखिएको छ । सूचनाको हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । पत्रकारीता लोकतन्त्रको अभिन्न अंग हो तर पछिल्लो समय पत्रकारिता क्षेत्र आर्थिक, भौतिक र नैतिक रुपमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारीता आर्थिक रुपमा अत्यधिक संकटमा परेको छ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवि पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुग्नु, पत्रकारहरुको जीवनको सुरक्षा नहुनुले पछिल्लो समय पत्रकारीता पेशा नै संकट उन्मुख बन्दै गएको संकेत गरेको छ । पत्रकार माथिको असुरक्षा दिन दिनै बढ्दै छ ।
पत्रकारको आर्थिक, भौतिक र सामाजिक सुरक्षा हुन नसक्दा पत्रकारीता क्षेत्र व्यवसायिक बन्न सक्ने अवस्थामा छैन । पत्रकारहरुले सामाजिक सुरक्षा, स्वास्थ्य विमा, विदा, नियुक्तिपत्र जस्ता रोजगारीका न्युनतम आधारहरु समेत पाउन सकेका छैनन । पेशालाई सुरक्षित, मर्यादित बनाउन र लोकतन्त्रको खम्बाका रुपमा सञ्चार क्षेत्रलाई विकास गर्न चुनौतीहरु रहेका छन । स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण, सम्बद्र्धन र प्रम्बद्र्धनका लागि तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन । सञ्चारमैत्री कानुन, सञ्चारसँग सम्बन्धित नीति निर्माण तथा बजेट विनियोजनमा तीनै तहका सरकारहरुले चासो दिएका छैनन ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले २०८२ जेठ १३ र १४ गते हेटौडामा आयोजना गरेको बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेश स्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थितिमा भएको भेलाले वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको छ ।
१। संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहन यो भेला प्रतिवद्ध छ ।
२। पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ ।
३।तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न यो भेला जोडदार माग गर्दछ ।
४।श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लागायतका सामाजिक सुरक्षका कार्यक्रममा समेट्न यो भेला सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ ।
५। स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ ।
६। बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
७। सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
८। बागमती प्रदेश स्तरमा प्रशिक्षण केन्द्र र जिल्ला स्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न यो भेला जोडदार माग गर्दछ ।
९। सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन यो भेला सरकारसँग माग गर्दछ ।
१०। बागमती प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन यो भेला माग गर्दछ ।
११। महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई र महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१२। विपद र द्वन्द्वको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुलाई सुरक्षा सहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।
१३। मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत वाग्मती प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न यो भेला माग गर्दछ ।
धन्यवाद

मस्यौदा तयार गर्ने
बिमला पाण्डे-संयोजक
श्याम प्रसाद खतिवडा -सदस्य
सिताराम अधिकारी-सदस्य
विशेष सहयोग : केन्द्रीय सदस्य नवराज पथिक

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मिजार समाजको अध्यक्षमा रम्तेल निर्वाचित

Next Post

बजेटमा सिन्धुली : सुनकोशी मरिण डाईभर्सनको बजेट दुई अर्व त्रिहत्तर करोड

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied