सिन्धुली । मिजार समाज नेपाल सिन्धुलीको अध्यक्षमा निर्मला रम्तेल सर्वसम्मत निर्वाचित भएकी छिन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न समाजको प्रथम जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन ।
सम्मेलनले रम्तेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आईतबहादुर अछामी, बिक्रम तोलांगे, सचिवमा अर्जुन कुमार वयलकोटी, सहसचिवमा दिपक रम्तेल र कोषाध्यक्षमा कमला खनाल अछामी निर्वाचित भएकी छिन ।
यस्तै सदस्यहरुमा श्यामकुमार रम्तेल, बद्री रम्तेल, कमल अछामी, शिवराज तोलांगी, केदार सार्की, हरिबाबु अछामी, कृष्ण मंग्राती, गोपाल रम्तेल, उमेश रम्तेल, टिका रम्तेल, उज्जल वयलकोटी, शुक्र विशुंखे, ललित रम्तेल, पवित्रा अछामी र अमृत रम्तेल रहेका छन ।
सम्मेलनले जनक तोलांगेको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ । सल्लाहकार सदस्यहरुमा निर्मल कुमार रम्तेल, बुद्धकुमार अछामी, इन्द्र अछामी, गोकर्ण तोलांगी, सुरज बसेल र गोरखबहादुर रम्तेल निर्वाचित भएका छन । सम्मेलनले जिल्लाका सबै स्थानीय तहमा मिजार समाजको सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।





















