सिन्धुली । जिल्ला अस्पताल सिन्धुलीमा जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या परेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल २३ जना कर्मचारीको दरवन्दी खालि रहेको अस्ताल प्रशासनले जनाएको छ ।
जिल्ला अस्पतालमा ६ जना विषेशज्ञ डाक्टरको दरवन्दी रहेकोमा हाल एक जना स्त्री रोग विशेषज्ञ मात्र कार्यरत रहेका छन । स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालमा बालरोग विषेशज्ञ बुलु वाग्लेलाई खटाएको भएपनि उनी काठमाडौमा रहेको कान्ती अस्पतालमा काजमा नै वसी रहेका छन । यसै गरी हाड जोर्नी तथा नसा रोग विषेशज्ञ लक्ष्मिकान्त शर्मा पनि विर अस्तालमा नै काजमा रहेका छन ।
अन्य विषेषज्ञहरुलाई भने हाल सम्म जिल्ला अस्पतालमा नखटाएको जिल्ला अस्पतालकी प्रमुख तथा मेडिकल सुपरिटेण्डेड डा. सुमित्रा गौतमले बताईन ।
जिल्ला अस्पतालमा ५ जना मेडिकल अधिकृतहरुको दरवन्दी भएपनि हाल ४ जना मात्र कार्यरत रहेको पनि डा. गौतमले बताईन । अस्पतालमा २ जना एचएको दरवन्दी रहेको भएपनि हाल दुवै दरवन्दी खालि रहेको गौतमले बताईन ।
अस्पतालमा १२ जना स्टाफनर्सको दरवन्दी भएपनि हाल ४ जना मात्र कार्यरत रहेको उनले बताईन ।केही दिन अगाडी स्वास्थ्य मन्त्रलायले गरेको सरुवाका कारण अस्पतालमा नर्सको दरवन्दी खाली भएको पनि उनले बताईन ।
अस्तालमा चौविसै घण्टा ल्याव, एक्सरे सहितको इमरजेन्सी सेवा सूचारु भएको भए पनि जनशक्ति अभावका कारण सेवा संचालनमा समस्या भएको उनले बताईन । केही करारका र केही अन्य फिल्डका कर्मचारीहरु राखेर भएपनि हाल सेवा संचालन भएपनि छिटो छरितो सेवा दिन भने समस्या परेको उनले बताईन । अहिले अस्तालमा कार्यरत प्राविधिक क्षेत्रका सवै जनशक्ति १८ घण्टा भन्दा वढी समय खट्नि बाध्य बनेको पनि उनले बताईन ।
अस्तालमा १२ जनाको दरवन्दीमा ४ जना, ६ जनाको दरवन्दीमा १ जना हुनु अन्य प्राविधिक लाईनका कर्मचारी पनि दरवन्दी भन्दा आधा कम हुनुले पनि कामको लोड कति छ, भन्नेर सहजै बुझ्न सकिने उनले बताईन ।
अस्पतालमा हल दरवन्दी अनुसारका पुरै कर्मचारी भएको भनेको अनमी पदको कर्मचारी मात्र हो, यहाँ दुई जना अनमीको दरवन्दी भएकोमा हाल दुवै जना कार्यरत रहेको छन भने अन्य कुनै पनि पदमा दरवन्दी अनुसारको कर्मचारी नभएको उनले बताईन ।
प्राविधिक कर्मचारीको अभावमा एक्सरे, ल्याव, फार्मेसी र इमरजेन्सी सेवा संचालनमा समस्या परेको डा. गौतमले बताईन । अस्तालमा फार्मेसीमा ३ जनाको दरवन्दी भएको भएपनि हाल २ जना मात्र कार्यरत रहेको पनि उनले बताईन । यसैगरी अस्तालमा एक जना खरिदारको दरवन्दी रहेकोमा हाल त्यो पनि खालि रहेको डा. गौतमले बताईन ।
अस्तालमा एनेशथेसियाका डाक्टर पनि खालि रहेको अवस्थामा केही दिन अगाडी मात्र एक जना डाक्टर आएकाल े अप्रेसन गर्नका लागी केही सहज भएको उनले बताईन । मन्त्रलायले दरवन्दी अनुसारका कर्मचारी नपठाएको र भएकाहरुको पनि सरुवा गरी पठाउदाँ र भएकालाई पनि काजमा अन्यत्र खटाई दिने गर्दा सेवा संचालनमा समस्या परेको उनले बताईन ।
दरवन्दी भएपनि खटाएका कार्मचारी अन्यत्र काजमा खट्दिा करारमा भर्ना गर्न पनि समस्या सेवा संचालन गर्न पनि समस्या पर्ने गरेको उनले बताईन ।




















