भिमान । सिन्धुलीमा करेन्ट लागेर सात जना घाईते भएका छन् । सिन्धुलीको सदमुकाम सिन्धुली माढी बाट दुधौली नगरपालिका २ हत्पतेको छरछरे तर्फ गईरहेको बा २ ख ७४३५ नम्बरको बसको छतमा सवार यात्रुहरुलाई करेन्ट लाग्दा घाईते भएका हुन् । क्.न.पा. ९ कमला नदिको बगरमा उक्त घटना घटेको हो ।
बसको छतमा बसेर यात्रा गरेका उनिहरुले झुक्किएर बिद्युतिय तार छुन पुग्दा करेन्ट लागेको प्रतक्ष्यदर्शिले बताएका छन् । सात जना मध्ये दुई जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।
करेन्ट लागेका मध्य दुधौली नगरपालिका २ बस्ने जनक मगर र तिनपाटन १, बर्ष ३५ का मान बहादुर मुक्तान को अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरु दुबै जना लाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमान्डैँको किर्तिपुर अस्पताल रेफर गरीएको प्रहरीले बताएको हो । अन्य पाँच जनाको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।



















