सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिनपाटन गाउँपालिकाको नवनिर्वाचित गाउँ पालिका कमिटीको पद तथा गोपनियताको सपथ कार्यक्रम शुक्रबार चकमकेमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमलजंग राईको अध्यक्षता तथा विषमलाल अधिकारीको प्रमुख आतिथ्यता तथा नेकपाका नेताहरु राजन दाहाल, उमा कोइराला तथा प्रदिप कटुवालको विशिष्ट आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा कार्यक्रममा नेकपाका विभिन्न जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
सपथ ग्रहण कार्यक्रम पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिनपाटन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्र दाहाल र सचिव आनन्द कार्कीले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।




















