सिन्धुली । गौमती बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका विकास तामाङ विजयी भएका छन । शनिबार सम्पन्न निर्वाचनबाट १२५ मत सहित उनी अध्यक्षमा निर्वाचित भएका हुन । उनले अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार मुकेश दाहाललाई ५ मतले हराउँदै विजयी भएका हुन ।
मुकेशले १२० मत प्राप्त गरेका छन । यस्तै स्वतन्त्र उमेदवार गोपाल राना मगरले ३० मत प्राप्त गरे भने समाजवादीका उमेदवार पुष्पा परियारले ६ मत प्राप्त गरिन ।
यस्तै सचिवमा नेविसंघका धिरज जयसवाल चौधरी १५९ मत सहित विजयी भए भने अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार अनिता पाख्रिनले ११६ मत प्राप्त गरिन । समाजवादीका सर्मिला थापाले ७ मत ल्याईन ।
कोषाध्यक्षमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार यशोदा राना मगर विजयी भईन । मगरले १४६ मत प्राप्त गरिन भने नेविसंघका मनिषा चौलागाईंले १२९ मत प्राप्त गरिन ।
यस्तै सदस्यमा तीन जना नेविसंघ र तीन जना अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार विजयी भए । नेविसंघबाट मुकेश तामाङ, शिव बस्नेत र विनिशा मोक्तान विजयी भए । यस्तै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा प्यानलबाट शोभा न्यौपाने, सुरेन्द्र चौलागाईं र दिक्षा न्यौपाने विजयी भए ।






















