सिन्धुली । जिल्लाको सबैभन्दा पुरानो र ठूलो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीको स्ववियु अध्यक्षमा तुल्सीराम भुजेल निर्वाचित भएका छन । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
उनले निकटतम प्रतिस्पर्धि नेपाल विद्यार्थी संघका समिरजंग थापालाई हराउँदै विजयी भए । भुजेलले २८७ मत प्राप्त गरे भने थापाले २२२ मत प्राप्त गरे । अर्का अध्यक्षका उमेदवार विनोद कुमार कार्कीले १४७ मत प्राप्त गरे । कार्की अखिल (क्रान्तिकारी) बाट बागी उमेदवार बनेका थिए ।
चैत ९ गते सम्पन्न निर्वाचनबाट भुजेलको प्यानल नै निर्वाचित भएको छ । सचिवमा विष्णु पाण्डे ३४३ मत सहित विजयी भए । उनका प्रतिस्पर्धि नेविसंघका केशव घिमिरेले २९८ मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा विमला सिदाली ३३० मत सहित विजयी भईन । उनका प्रतिस्पर्धि सिजन श्रेष्ठले २९७ मत प्राप्त गरे ।
यस्तै सदस्यहरुमा संयुक्त प्यानलका सेवन्तहरी बख्रेल(महेश), चेत बहादुर श्रेष्ठ, टंक कुमारी खड्का, इच्छा कुमारी बम्जन, कौशल चौलागाई, निकेश गौतम र निरा यस्माली मगर निर्वाचित भए । सिन्धुली बहुमुखी क्याम्पसको मतगणना आइतबार विहान सम्पन्न भएको थियो ।





















