सिन्धुली । शिक्षक भलिवलको उपाधी कमलामाई नगरपालिका १२ ले जितेको छ । शिक्षक सगठन कमलामाई नगर कमिटिले आयोजना गरेको नगरका वडा स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको हो ।
सोमबार भएको अन्तिम खेलमा कमलामाई ६ (क) लाई पछि पार्दै कमलामाई १२ ले जित निकालेको हो ।
खेलको पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै कमलामाई १२ पहिलो र कमलामाई ६ (क) दोस्रो भएको हो । खेलको तेस्रो सेट कमलामाई ६ ले जितेको थियो ।
कमलामाई १२ ले कमलामाई ६ (क) लाई २५–१८, २५–१९, २४–२६ र २५–१९ को सेटमा जित निकाल्दै कमलामाई १२ पहिलो भएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिका सचिव दुर्गा भुजेलले बताए ।
खेलमा पहिलो भएको कमलामाई १२ लाई २० हजार, दोस्रो भएको कमलामाई ६ (क)लाई १५ हजार र तेस्रो भएको कमलामाई ११ लाई १० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको भुजेलले बताए ।
उत्कृष्ट खेल खेल्ने कमलामाई १२ का खेलाडी ईश्वरराज दाहाललाई उत्कृष्ट खेलाडीको रूपमा ट्रफि प्रदान गरिएको छ । प्रतियोगितामा ११ वटा समूहले भाग लिएका थिए । प्रतियोगितामा सहभागि सबै खेलाडीलाई प्रमाण पत्र प्रदान गरिएको छ ।





















