• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कलाघर सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ हुने

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १, २०८१
in Featured, Entertainment, News, Province 3, Society
0

Share via:

78 Shares
  • Facebook 78
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मौलिक कला संरक्षण गर्ने र कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने उद्देश्यले कलाघर सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने भएको छ । यहि चैत २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म कलाघर सिन्धुलीको आयोजनामा महोत्सव गर्न लागिएको कलाघर सिन्धुलीले जनाएको छ ।

शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै कला घर निर्माण अभियानका संस्थापक एवम् कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका छन ।

मौलिक कलाको संरक्षण गर्न, कलाघर निर्माणको महाअभियानलाई सहयोग पु¥याउने, कला सिर्जनाको आविस्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको थापा मगरले बताए । थापाले महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने उद्देश्य समेत राखिएको जानकारी दिए ।

नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा रहेको कलाघर सिन्धुलीमा नै महोत्सवको आयोजना गरिने भएको छ ।

महोत्सवमा १२ जातजातीको कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिने छ । ती पहिचानसँग फोटो खिच्न पाईने छ । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना , मौलिक परिकारहरु प्रदर्शनीमा रहनेछन । मौलिक परिकारहरु खान पाईने व्यवस्था गरिने छ ।

यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता गरिने छ । हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन र व्यापार गरिने छ । कलाघरका अध्यक्ष थापाले विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा कलाहरुलाई समेत महोत्सवमा स्थान दिने बताएका छन ।
यस्तै जिल्लाका विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु पनि राखिने छ । स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका प्रतिनिधि, प्रमुखहरुको उपस्थिति रहने छ । कला महोत्सवमा सहभागि हुनेले कलाघर निर्माणमा सहयोग गर्न, कला दान गर्न सक्नेछन । विशेषगरि कलाघर र सिन्धुलीगढीलाई जोडेर प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

पाँच दिनमा जिल्ला र जिल्ला बाहिरका गरि १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने आँकलन कलाघर सिन्धुलीको छ । कला महोत्सव हेर्नका लागि १ सयको टिकट राखिने छ । यहाँका कलाहरुको अवलोकन, प्रचार प्रसार र प्रवद्र्धनमा महोत्सव फलदायी हुने विश्वास लिईएको थापा मगरले बताए । उनका अनुसार महोत्सव आयोजना गर्न १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

महोत्सव सम्पन्न गर्न जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय सहकार्य गरिने छ । स्थानीय संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, व्यवसायीहरु, खेलकुद, कलासँग सम्बन्धित संघसंस्थाहरु लगाएतसँग सहकार्य गरिने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कला महोत्सवमा कलाघरलाई स्थापनाकालदेखि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संघसंस्था, सञ्चारकर्मी, सरकारी निकायलाई सम्मान गरिने कार्यक्रम रहेको छ । कलाघर निर्माणमा जग्गा खरिद अभियानमा सहयोग गर्ने सहयोगीदातालाई आजिवन तथा विशिष्ट सदस्यता वितरण गरिने पनि थापाले जानकारी दिएका छन ।

यस्तै कला महोत्सवमा कलादान अभियान सञ्चालन गरिने छ । क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा क्रियाशिल मौलिक झाँकी संस्कृति समूहहरुलाई सम्मान समेत गरिने छ । पुराना मौलिक संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरि महोत्सव गरिने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

Next Post

शिक्षक भलिबलको उपाधि कनपा १२ ले जित्यो

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied