सिन्धुली/लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कमलामाई नगरपालिकामा विविध कार्यक्रम गरि मनाईने भएको छ । जसका लागि कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा आइतबार सिन्धुलीमाढीमा बैठक बसी अभियानका कार्यक्रम तय गरिएको छ ।
जिल्लाका सरकारी तथा गैह्रसरकारी निकायबीच बसेको बैठकले नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात यही मंसिर ९ गते देखी २४ गतेसम्म मनाइने गरि विभिन्न कार्यक्रम तय गरेको हो । अभियान अन्तर्गत नगरपालिकासंगै जिल्लाका सरोकारवाला निकायले विभिन्न कर्याक्रम गर्ने भएका हुन् ।
जस अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको ¥याली, हिंसा विरुद्ध प्रतिवद्धता सहितको हस्ताक्षर संकलन, सडक नाटक, बाल विवाह र महिला हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम, लैङ्गिक हिंसा विरुद्ध सरोकारवाला निकायसंग अन्तक्र्रिया, रेडियो कार्यक्रम, शैक्षिक तथा मनोरञ्जनात्मक मेला लगाएतका कार्यक्रमहरु गरिने भएको छ ।
यस्तै विद्यालय स्तरमा बाल विवाह र लैङ्गिक हिंसा सम्बन्धिको जनचेतनामूलक कार्यक्रम र कार्यस्थलमा हुने लैङ्गिक हिंसा सम्बन्धि छलफल लगाएतका कार्यक्रमहरु समेत तय गरिएको कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले बताईन । उनका अनुसार नगरका १४ वटै वडामा कार्यक्रम पु¥याइने भएको छ ।



















