सिन्धुली | जिल्लाको मरिण गाउँपालिकामा प्रहरीले करिव २५ विगाहा जमिनमा लगाएको गाजाँँ खेति नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाका नेतृत्वमा आएको प्रहरीको टोलिले मरिण गाउँपालिका–१ बेदपानी , टुडिखेल र वडा नम्वर ३ को बरुण भलायो भन्ने स्थानमा लगाएको २५ विगाहा जमिनमा लगाएको गाँजा खेति नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट १५ जना ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट १५ जना र तीन नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट आएको २५ जना दंगा प्रहरी गरी ५५ जना प्रहरीहरुले गाँजा खेति नष्ट गरेको हो ।
जिल्लाको मरिण गाउँपालिका र हरीहरपुर गढी गाउँपालिकामा गरी करिव ५० विगाहा जमिनमा गाँजा खेति भएको प्रहरीको अनुमान रहेको छ । जिल्लाको विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिति हुने भएकाले यस क्षेत्रमा अवैधानिक खेति हुने गरेको स्थानीयको भनाई छ । स्थानीय कुमारी माया तामाङका अनुसार यस क्षेत्रमा तराई मुलका मानिसहरु आएर प्रति कठ्ठा २ देखि ३ हजारका दरले ठेक्का लिने गरेका छन ।
गाँजाको खेति गर्नका लागी दल राख्ने बेला देखि नै भारतिय जेटियहरु प्रत्यक्ष आउने र बेला बेलामा आएर रोग तथा विरुवाको पहिचान गरी भाले र पोथी छुटयाउने गरेको तामाङले बताईन ।
आफुहरुलाई पैसा दिने भएपनि साहुँको हो भन्ने कुरा थाहा नभएको उनले बताईन । मरिण गाउँपालिकाको वडा नम्वर १,२,३ र ४ नम्वर वडामा बढीमात्रामा गाँजा खेति हुने गरेको स्थानीयको भनाई छ ।
फाडानीमा लागुऔषध व्युरो काठमाडौ कोटेश्वरका कपिलदेव कार्की, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक जयदेव माझि लगायतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । फडानीका लागी करिव १० दिन लाग्ने प्रहरी नायव उपरिक्षक थापाले बताए ।
करिव ५ दिन अगाडी स्थानीयको सुराकीको आधारमा त्यस क्षेत्रमा गाँजा खेति भएको छ भन्ने जानकारी आएपछि आफुले अनुसन्धान गर्दा ठुलो क्षेत्रका गाँजा खेति भएको पाएपछि जिल्ला र प्रदेश प्रहरी यूनिटसँग समन्वय गरेपछि शुक्रवारबाट फडानी अभियान सुरु गरेको प्रहरी निरिक्षक माझिले बताए ।
नेपाल प्रहरीले देशभरीमा अहिले सम्म फडानी गरेको गाँजा खेति मध्ये यो नै ठुलो परिणामको भएको प्रनाउ थापाले बताए । जिल्लाको मरिण क्षेत्रका सवै स्थानमा फडानी गर्ने हो भने करिव ५० विगाहामा गाँजा खेति रहेको स्थानीको भनाई छ, थापाले भने ।
शुक्रवार मात्र फडानी गरिएको गाँजाको बजार मुल्य प्रतिकेजि १० हजार रुपैया पर्ने पनि व्युरोबाट खटिएको कार्कीले बताए । नेपालमा गाँजा खेति सम्वन्धि काम गर्ने जेटिए नभएकाले गाँजाको भालेपोथि छुट्याउने तथा अन्य परिक्षणको लागी भारितय जेटिएहरु आउने गरेको अनुसन्धानका क्रममा देखिएको कार्कीले बताए ।
प्रहरीको टोलिले फाडानी सुरु गरेपछि गाउँमा भएका स्थानीय पुरुषहरु भने लुक्ने गरेको पनि प्रनाउ थापाले बताए ।
यदी राम्रोसँग खोजि गर्ने हो भने मरिण क्षेत्रमा करिव ठुलो परिणाममा गाँजा खेति भएको स्थानीय पत्रकार बासु मैनालीले बताए ।
केही सम्बन्धीत तस्विरहरु
























