सिन्धुली । विश्वका एक सय उत्पे्ररणदायी तथा प्रभावशाली महिलामा नेपालकी वादी अगुवा एवम् प्रदेश नम्बर ७ की सांसद उमादेवी वादी परेकी छिन । उनी उत्पे्ररणदायी महिलाको सूचिमा १० औं नम्बरमा छिन । बीबीसीले सार्वजनिक गरेको उत्प्रेरणादायी महिलाहरुको सूचीमा उनी समावेश भएकी छिन ।
उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन् । सोमबार बीबीसीले सन् २०१८ मा उत्प्रेरणादायी र प्रभावशाली भूमिका खेलेका विश्वका महिलाहरुको सूची सार्वजनिक गरेको हो । वादी समुदायको उत्थानको लागि उनले काम गरेकी थिइन् । ‘वादीले अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न काम गरेको’ बीबीसीले जनाएको छ । बीबीसीले महिला नेतृ, सामाजिक अभियान्ता, अभिनेत्रीहरुबाट प्रभावशाली १ सय जना छनौट गरेको जनाएको छ ।
छनौटमा १५ देखि १५ देखि ९४ वर्षसम्मका महिलालाई समावेश गरिएको छ । सूचीमा ६० देशका महिला रहेका छन् । सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयी आकिफोलारिन रहेकी छन् । ३३ वर्षिय आविसोयी सामाजिक अभियान्ता हुन् । बीबीसीले हरेक वर्ष १ सय जना उत्प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ ।





















