• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रतिवर्ष एकलाख बढीले हेर्छन जर्वुट्टाकला

बिमला पाण्डे by बिमला पाण्डे
माघ २२, २०८१
in Featured, News, Province 3
0

Share via:

29 Shares
  • Facebook 29
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ४, ढकालगाउँमा रहेको जर्वुट्टा कला संग्रहालय जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण हेर्न लायक ठाउँमा पर्न थालेको छ । जंगलमा रुखका नास भएका ठुटा/जराहरुमा कला भर्ने जिल्लाका एकल जर्वुट्टा कलाकार ६३ वर्षिय विश्वम्भर लामिछानेको कला अहिले अध्ययन अवलोकनको केन्द्रविन्दु बनेको छ । ३३ वर्ष भयो उनले कला निर्माण थालेको, यो अवधिमा आफुलाई एकल कलाकारका रुपमा स्थापित गरेका छन लामिछानेले । उमेरले डाँडो काटिसक्दा पनि उनमा कलाप्रतिको लगाव र उर्जा उत्तिकै छ ।

वि.सं. २०६१ सालमा घरमै स्थापना गरेको कला संग्रहालयमा अहिले ३५० भन्दा बढी जराका कलाहरु छन । जुन लामिछानेले एक्लै बनाएका हुन । अहिले तिनै कला नेपालकै कलाहरुको अध्ययन केन्द्रका रुपमा स्थापित हुदै गएको छ । उनका कला र कला संग्रहालय पर्यटक लोभ्याउने र जिल्लालाई विश्वभर चिनाउने आकर्षित ठाउँ बन्न थालेको छ ।

अंग्रेजहरुलाई पराजित गरेको इतिहास बोकेको सिन्धुलीगढीपछिको उचित गन्तव्यका रुपमा यो संग्रहालयले स्थान लिईरहेको छ । लामिछानेका कलामा कला मात्र बोल्दैनन, सामाजिक, राजनीतिक, साहित्यीक, ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक विषयवस्तु समेत झल्किन्छन ।

अरुले दाउरा देख्ने रुखका जरामा कला देख्ने लामिछाने त्यहि जरालाई घरमा ल्याएर सखार्छन र आकर्षक कलाको रुप दिन्छन । पहिलो कला २०४८ सालमा बनाएका लामिछानेले लामो समय कला निर्माणलाई रोक लगाए ।

त्यहि कला निर्माणलाई उनले २०५७/०५८ सालदेखि फेरी निरन्तरता दिए । जनयुद्धको चरम उत्कर्षका बेलाको वेरोजगारीको समयलाई सदुपयोग गर्दै उनले कला निर्माणमा ध्यान दिए । कानुन व्यवसायी समेत रहेका लामिछाने व्यवसायमा कमी आएसँगै फुर्सदिला थिए त्यो बेला । फुर्सदको समयलाई सदुपयोग गर्दै कला निर्माणमा निरन्तरता जुटिरहे । हाल पनि उनी कला निर्माणमै तनमन लगाई रहन्छन । कला निर्माणमा परिवारको पनि साथ, हौसला छ लामिछानेलाई । श्रीमति प्रशिद्धा शर्माले निरन्तर साथ दिईरहेकी छिन । कला निर्माणका बेलाको दुःख सम्झदै लामिछाने भन्छन, ‘श्रीमति प्रसिद्धा शर्माको शिक्षकको तलब मासेर कला सिंगार्ने, रङ तथा आवश्यक सामग्री किनेको छु ।’

अहिले उनलाई वकालत गर्न जान खासै मन गर्दैनन । यहि कला संग्रहालयमा आउने जाने पर्यटकसँग रम्न मन पराउँछन । कलाको प्रचार प्रसारमा सञ्चार क्षेत्रको मुख्य योगदान रहेको लामिछानेले स्मरण गरिरहन्छन । २०६१ सालमा संग्रहालय स्थापना गर्दा पत्रकारहरुकै बीचमा कला सार्वजनिक गरेका थिए उनले ।

उनको एकल प्रयासले निर्माण भएका ती कला हेर्न लाखौं पर्यटक आकर्षित भईरहेका छन । हरेक वर्ष सरदरमा एकलाखले कला संग्रहालय भ्रमण गर्छन । मेला महोत्सव, अनौपचारिक अध्ययन बाहेक औपचारिक रुपमा ३२ लाख आन्तरिक तथा वाह्य पर्यटकले कला अवलोकन गरेको जर्वुट्टा कला केन्द्रको तथ्यांक छ । अनौपचारिक रुपमा कतिले अवलोकन गरे त्यो तथ्यांक भने छैन उनीसँग । ५६ देशका नागरिकले यो संग्रहालय अवलोकन गरिसकेका छन । ९ पटक प्रदर्शनीमा राखिएका कलामा कतिले अवलोकन गरे त्यसको तथ्यांक छैन । जर्वुट्टा कला नेपालकै लागि नौलो कला पनि हो । यो कला संग्रहालय हेर्ने पर्यटकहरुले निःशुल्क हेर्न पाउँछन ।

जिल्लाका नगन्य हेर्न लायक स्थानमध्ये एक गन्तव्यमा पर्ने यो संग्रहालय पछिल्लो समय राष्ट्रिय अन्तराष्ट्रिय गन्तव्य बन्दैछ । कारण कमलामाई नगरपालिकाको स्थानीय पाठ्यक्रममा जर्वुट्टा कला समेटियो । कक्षा ८ को नेपाली विषयको राष्ट्रिय पाठ्यक्रम र ललितकलाको समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार भन्ने विषयमा पनि विषयवस्तु समेटिएपछि विद्यार्थीको लागि अध्ययन केन्द्र बन्दै गयो । पछिल्लो समय शैक्षिक संस्था र विद्यार्थीहरु बढी जसो अध्ययन अवलोकनका लागि संग्रहालयमा आउने गर्छन ।

प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेर संग्रहालय भवन निर्माण गरेको छ । पछि रकम थप भएपछि भवन पनि थप्दै लगिएको छ । भवन निर्माणका लागि लामिछाने आफैले एक कठ्ठा जमिन पनि उपलब्ध गराएका छन । निर्माण भईरहेको र केहि आवश्यक फर्निचर नपुगेका कारण लामिछानेको घरमा रहेका कला संग्रहालयमा सार्न सकिएको छैन । निर्माणमा लामो समय लाग्ने भएपछि कलाहरुलाई व्यवस्थित बनाउन नसकिएको लामिछाने बताउँछन । घरको एक कोठामा भएको कलालाई सुरक्षित र व्यवस्थित बनाउन नपाउँदा अवलोकनमा समस्या भएको उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कलाकै कारण ख्याति कमाएका लामिछानेलाई नेपाल सरकारले संविधान दिवस २०७९ का अवसरमा जनसेवाश्री पदकले सम्मान समेत गरेको छ । पछिल्लो समय संग्रहालय व्यवस्थापन गर्नका लागि संस्थागत व्यवस्था गरिएको छ । जर्वुट्टा कला केन्द्र सिन्धुली नाम दिईएको गैह्रसरकारी संस्था २०७८ साउनमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि काम अगाडि समेत बढेको छ ।

साझा नेपाल साप्ताहिकमा प्रकाशित

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पानीमा प्राकृतिक प्रतिविम्ब : पञ्चकन्या पोखरी

Next Post

एमालेमा फर्किए समाजवादीका केन्द्रीय सदस्य सहितका नेताहरु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied