सिन्धुली/बिहीबारदेखि सुरु भएको दोस्रो ’मोहनविक्रम थापा स्मृति कप फुटबल प्रतियोगिता’ को नकआउट चरणको खेल आइतबार सम्पन्न भएको छ । नकआउट चरणमा ७ वटा टिम बाहिरएका छन् भने ७ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेको आयोजक भिमान युवा क्लबका सचिव दिनेश न्यौपानेले बताए । खेलमा सहभागि १४ प्रतिस्पर्धी टिममध्ये भिमान युवा क्लव ’ए’, नव प्रतिभा युवा क्लब चन्दनपुर, चन्द्रमा क्लब भब्सी, न्यु स्टार युवा क्लब मन्थली, ब्लु अल्पाइन कल्ब सिन्धुली र बर्दीवास स्पोर्टस क्लब बर्दीवास क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको नकआउट चरणमा भिमान युवा क्लब बि र चाँदनी युवा क्लव बि भने सिधैं क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताका १४ वटा सहभागी टिममध्ये ५ वटा प्रतिस्पर्धी टिमलाई पछि पार्दै र २ वटा क्लब भने नकआउट चरणबाट सिधैं क्वाटर फाइनलमा प्रवेश गरेका हुन ।
कमलामाई नगरपालिकाको भिमानमा आइतबार बिहान भएको नकआउट चरणको अन्तिम खेलमा जनजागरण युवा क्लबलाई शून्यका विरुद्ध ४ गोल गर्दै बर्दीवास स्पोर्टस क्लब बर्दीवास क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
कात्तिक १५ गतेबाट सेमिफाइनल प्रतियोगिता सुरु हुने र १७ गते फाइनल प्रतिस्पर्धा हुने क्लबका सचिव न्यौपानेले जानकारी दिए । समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय मोहनविक्रम थापाको स्मृतिमा उनका छोरा समाजसेवी तथा सिन्धुली ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापाले गत वर्षबाट जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएका छन ।
यो प्रतियोगिताका विजेतालाई एक लाख पचास हजार, दोस्रो हुनेलाई ५० हजार र मेडल तथा प्रमाण पत्र सहितको पुरस्कार प्रदान गरिने छ । यो पुरस्कार राशी जिल्लामा अहिलेसम्म भएका खेलकुदमध्ये सर्वाधिक भएको आयोजकको दावी छ ।




















