सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा गुण विक्रम कुँवर निर्वाचित भएका छन । शनिबार र आइतबार सिन्धुलीमाढीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका छन ।
कुँवर निकटतम प्रतिद्वन्द्वी रमण कुमार फुयाँललाई ७० मतले पछि पार्दै विजयी भएका हुन । अध्यक्षमा कुँवरले २३२ मत, फुयाँलले १६२ मत र अध्यक्षका अर्का प्रत्यासी चेत प्रसाद तिमल्सिनाले १६१ मत प्राप्त गरेका छन ।
अधिवेशनबाट सबै पदाधिकारीहरु कुँवरको प्यानलबाट विजयी भएका छन । उपाध्यक्षमा टेक बहादुर रजन मगर २८९ मत सहित विजयी भए । महिला उपाध्यक्षमा मेनुका कुमारी काफ्ले (कार्की) ३६७ मत सहित विजयी भईन । सचिवमा विजय तामाङ ४५४ मत सहित विजयी भए भने कोषाध्यक्षमा नेत्रहरी दुलाल ३१५ मत सहित विजयी भए ।
यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा डा. हरि प्रसाद पोखरेल, रमेश कार्की र रामकुमार थापा र अभिलाषा कोइराला विजयी भए ।
त्यस्तै लेखा समितिमा छविरमण पौडेल विजयी भए । आइतबार भएको मतदानमा ५ सय ७१ मत खसेको थियो । सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।





















