सिन्धुली । असोज ११ र १२ गते आएको बाढी पहिरोबाट अति प्रभावित भएका चार स्थानीय तहलाई घ्याङलेख गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाका तीनवटा स्थानीय तह र काभ्रेपलाञ्चोक जिल्लाको एक स्थानीय तहलाई घ्याङलेख गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
घ्याङ्लेख गाउँपालिकाले प्रभावित स्थानीय तहमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको छ । घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष शंकरमान घलानले सोमबार प्रभावित स्थानीय तहहरुमा पुगेर चेक हस्तान्तरण गरेका छन ।
घ्याङलेख गाउँपालिकाले सिन्धुलीको सुनकोशी गाउँपालिकालाई दुई लाख, गोलञ्जोर गाउँपालिकालाई एक लाख ५० हजार, फिक्कल गाउँपालिकालाई एक लाख र काभ्रेको रोशी गाउँपालिकालाई एक लाख ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल बताए ।





















