सिन्धुली । कमलामाई नगरपालिका वडा नं.१० डाँडाटोलमा श्रीमानको लोहोरो प्रहारबाट श्रीमतीको ज्यान गएको छ । सामान्य विवादका क्रममा ४२ वर्षिय मनोज कार्कीले आफ्नै श्रीमती ४० वर्षिया सानुकुमारी कार्कीको टाउकोमा लोहोरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार मध्यराती श्रीमतिलाई लोहोरो प्रहार गरि श्रीमतिको हत्या गरि कार्की इलाका प्रहरी कार्यालय पुगेका थिए । इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनास्थल श्रीमान श्रीमतिको आफ्नै सुत्ने कोठामा रहेको र टाउकोबाट रगत बगेर मृत्यु भएको थियो ।
शव पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याईएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















