सिन्धुली । सिन्धुलीमा डेंगु र स्क्रव टाईफसका थप विरामी भेटिएका छन । आइतबार जिल्लामा डेंगुका नौ जना र स्क्रव टाईफसका पाँच विरामी थपिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
आइतबार कमलामाई नगरपालिकामा २ जना महिला, दुधौली नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष गरि नौ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका सूचना अधिकारी गंगाराम कार्कीले जानकारी दिएका छन ।
यस्तै आइतबार दुधौलीका एक महिला र ४ पुरुष गरि ५ जनामा स्क्रव टाईफस संक्रमण पुष्टि भएको कार्कीले बताए । जिल्लामा पछिल्लो समय डेंगु र स्क्रव टाईफसका विरामी बढी रहेका छन ।
आइतबार थपिएका विरामी सहित जिल्लामा स्क्रव टाईफसका ९८ जना विरामी पुष्टि भएका छन भने स्क्रव टाईफसका ८८ जना विरामी भेटिईसकेका छन ।




















