सिन्धुली/जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा शनिबार बलात्कार, एसिड प्रहार तथा महिला हिंसाविरुद्ध मौन ¥याली तथा हस्ताक्षर संकलन गरिएको छ । पछिल्लो समयमा भएका बलात्कार, एसिड प्रहार तथा महिला हिंसा विरुद्ध मौन ¥याली तथा हस्ताक्षर संकलन गरिएको हो । सिन्धुली ट्रष्टको आयोजनामा शनिबारमा नेपालका पहिलो एसिड आक्रमणका पीडित विन्दबासिनी कंसाकार, सामूहिक एसिड आक्रमणका पीडित संगीता मगर र सीमा बस्नेतको सहभागितामा कार्यक्रमको आयोजना गरिएको हो । एसिड आक्रमणका पीडितहरूले अपराधिलाई आजिवन कारावासको सजायको समेत माग गरेका छन । उनीहरुले ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै यस्तो माग समेत गरेका हुन ।
मौन ¥यालीमा सहभागी तीनैजना एसिड प्रहारका पीडितहरूले एसिड प्रहार जस्तो कुकार्य गर्ने व्यक्तिलाई जन्मकैद सजाय हुनुपर्ने र पछिल्लो समय देशभर भएका बलात्कार, एसिड प्रहार तथा सम्पूर्ण महिला हिंसाका पीडितहरुले उचित न्याय पाउनुपर्ने माग गरेका छन । अभियानमा हस्ताक्षर संकलन तथा दबाबमूलक मौन ¥यालीमा सहभागी हुँदै पहिलो एसिड प्रहार घटनाकी पीडित विन्दबासीनी कंसकारले महिला हिंसाका अपराधीलाई कडा कारबारहीका लागि सरकारसँग माग गरिन् । कंसाकारमाथि नेपालमै पहिलोपटक २०७० साल बैशाख ९ गते घरमै एसिड प्रहार गरिएको थियो ।
बालबालिका समाजका साथै घरभित्रै दिन प्रतिदिन असुरक्षित हुँदै गएको अर्की एसिड प्रहारबाट पीडित बनेकी संगीता मगरको गुनासो छ । एसिड प्रहारबाट बाहिरी घाउ जती छ मनभित्र पनि त्यति नै पीडा भएको संगीताले बताइन् । उनले सरकारले महिलामाथि जघन्य अपराध गर्नेलाई हदैसम्मको दण्ड दिनु पर्ने माग गरिन । संगीतासँगै एसिड आक्रमणबाट घाइते भई नयाँ जीवन पाएकी सीमा बस्नेत पनि आफु जस्तै पीडितको न्यायका निम्ति लड्दै आएकी छिन् । आफूले भोगेको जस्तो समस्या अरुले कहिलै भोग्न नपरोस भन्नका लागि महिला हिंसामुक्त समाज निर्माणको अभियानमा सिन्धुली आइपुगेको बताउँछिन् । मगर र बस्नेतलाई २०७१ फागुन १० गते ट्यसन पढ्न जाँदै गर्दा काठमाडौंमा एसिड प्रहार भएको थियो ।
एसिड प्रहारबाट सामुहिक घाइते भएका सीमा र संगिताको उपचारमा सहयोग गर्दै एसिड प्रहार गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै आएका समाजसेवी तथा सिन्धुली ट्रस्टका अध्यक्ष उज्ज्वलविक्रम थापाले महिला हिंसा गर्नेलाई जन्मकैदको व्यवस्था गर्न माग गरे । एसिड प्रहारबाट शरीरको सुन्दरता गुमाएका नेपाली चेलीहरूको पीडा हरेक पुरुषले सुन्न र बुझ्न जरुरत भएका कारण आफूहरूले महिला हिंसामुक्त समाज निर्माणको अभियान लिएर अघि बढेको उनले बताए । यस्तै एसिड आक्रमण तथा महिला हिंसा विरुद्ध प्रगतिशिल प्रतिभा केन्द्रले शनिवारे हाटबजारमा सडक नाटकस समेत प्रस्तुत गरेको थियो ।






















