• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

रातीदेखि लाईन बस्दा पनि रित्तै फर्किए उपभोक्ता, झर्न नपाई सकियो ग्याँस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ३, २०८३
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मंगलबार विहानै एलपी ग्याँसको नोवेल सिलिण्डर आउने चर्चा थियो । सदरमुकामका डिपोहरुमा चारसय भन्दा बढी सिलिण्डर ग्याँस आउने चर्चाले जिल्लाका उपभोक्ताहरु सबेरै ग्याँसको लाईनमा खाली शिलिण्डर लिएर बसे । उपभोक्ताले ग्याँस आउनुअघि नै नाम टिपाएका थिए । जुन डिपोहरुमा नाम टिपाएका थिए त्यहि डिपोमा लाईनमा लागे । नाम टिपाउनुपर्ने थाहा नपाएका कतिपय उपभोक्ताले विहानै डिपोमा लाईन लाग्न खाली सिलिण्डर बोकेर पुगे । ग्याँस पनि आयो तर उपभोक्ताले ग्याँस लिन पाएनन् ।

कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासमा अरु जस्तै मदन प्रसाद चौलागांईं पनि लाईन लाग्न पुगे । मंगलबार बिहान ३ बजेदेखि लाइन बस्दा पनि चौलागाईंले ढुङ्ग्रेबासमा ग्याँस पाएनन् । उनले प्रशासनले ग्याँसको अभाव नभएको भनिरहेको कुरालाई व्यंग्य गर्दै भनेका छन्, ‘विहान ३ बजेदेखि लाईन बस्दा पनि ढुंग्रेबासमा ग्याँस पाइएन, अभाव छैन भनु भने रित्तै फर्कने मान्छे म नै हुँ । तीन सय (सिलिण्डर) झारो, ५ सय भन्दा माथि सिलिण्डर थिए ।’

यस्तै कनपा ६ का मोहन धमलाले तीन हप्तादेखि ग्याँसका लागि पटक पटक धाए तर रित्तो सिलिण्डर लिएर घर फर्केका छन् । उनी भन्छन्, ‘तीन हप्ता भयो रित्तो सिलिण्डर फर्केका छौं हामी । कसरी सहज भयो बुझ्न सकिन ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यता कमलामाई नगरपालिका वडा नं. ५ की पवित्रा रायमाझी विगत केहि हप्तादेखि आगोमा खाना बनाईरहेकी छिन् । विहानै ग्याँस आएको सुनेपछि पाईन्छ की भन्दै खोजी गरिन तर ग्याँस पाईनन् ।

कमलामाई नगरपालिका वडा नं. ४ का उद्धव थापाले भने, ‘हेर्न नपाउँदै सकियो, लिनु त के पाउनु र ?’ उनी पनि कनपा ४ ढुंग्रेबासमा ग्याँस लिन लाईनमा थिए तर ग्याँस झर्ना साथ सकिएपछि उनले त्यस्तो प्रतिक्रिया जनाएका छन् ।

यस्तै कमलामाई नगरपालिका वडा नं .६ पानीट्यांकीमा घरभाडामा बस्ने अनिता मगरले ग्याँस नपाएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आजभन्दा २० दिन अगाडि नाम टिपाएको ग्याँस आज पनि पाईएन, बोल्न सक्नि र धनिहरुलाई मात्र रैछ सबै कुरा ।’ उनले ग्याँसको लाईन, आफु र छोरीको फोटो हाल्दै लेखेको उक्त स्टाटसमा ग्याँस नभएर १३, १४ दिनदेखि चिउरा र चाउचाउ खुवाईर राखेको समेत बताएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ सरकारले त धेरै सुविधा दिन्छ रे खै त आज आएर भात पकाएर खान नपाउँदा कसले बुझोर ?’

जिल्लामा ग्याँस बेला बेलामा आए पनि उपभोक्ताको माग धान्न सकेको छैन । मंगलबार जिल्ला सदरमुकामाका चार वटा डिपोमा करीब ६ सय सिलिण्डर नोवेल ग्याँस झरेको थियो । कमलामाई नगरपालिका वडा नं. ६ धुराबजार, स्टल बजार र दुई नम्बर बजारका डिपोमा ग्याँस नपाएर उपभोक्ताहरु रित्तै घर फर्के भने कनपा ४ ढुंग्रेबासमा पनि ग्याँसले पचास प्रतिशत पनि माग धान्न सकेन ।

ग्याँसको अभावले विशेष गरि गरिब, कोठामा बस्ने र एक वटा मात्र सिलिण्डर हुनेलाई बढी समस्या भएको छ । त्यसमा पनि पढ्नका लागि सदरमुकाम बस्ने विद्यार्थीहरुलाई चर्को समस्यामा पारेको छ । सामान्य नागरिकले सहजै ग्याँस पाउन सक्ने अवस्था छैन । न उपभोक्ताले ग्याँसको अभावको कारण थाहा पाएका छन्, नत व्यवसायीले ग्याँस किन कमी भयो बुझ्न सकेका छन् तर ग्याँसको अभावले नागरिकले सास्ती भोगिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले ग्याँसको अभाव अन्यत्र जस्तो सिन्धुलीमा नरहेको बताए । उनले भने, ‘ग्याँस आईरहेको छ, अनुगमनमा पनि त्यस्तो समस्या देखिएको छैन, आउने क्रममा पनि भएकाले केहि समयमा ग्याँसको समस्या समाधान हुन्छ ।’ साझा नेपाल साप्ताहिकबाट

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सर्वोच्चको परमादेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा

Next Post

बिपी राजमार्गमा रातीमा कुखुरा बोक्न दिन माग

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied