• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया

उर्मिला दियाली by उर्मिला दियाली
असार १४, २०८३
in Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुसँग आईतबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि अन्तर्क्रिया गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा अन्तर्क्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेका काम, भएका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा आगामी योजना बारेमा छलफल गरिएको थियो ।

 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले तन, मन र वचनको शुद्धिका लागि आयुर्वेदिक खानपान र योग साधना अपरिहार्य रहेको बताइन् । स्थानीय उत्पादनको प्रोत्साहन र प्राकृतिक जीवनशैलीले मानिसलाई निरोगी बनाउने भन्दै उनले यस तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले आधुनिक समयमा मानिसहरू स्वादको पछि लागेर आफ्नो स्वास्थ्य बिगार्दै गइरहेको र विभिन्न औषधि सेवन गरेर रोगी बनिरहेको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले स्वादका लागि एकछिनको सुख त पायौँ, तर आफ्नै जीवनलाई खराब बनाइरहेका छौँ ।’ निरोगी र रोगमुक्त भएर बाँच्न मीठो भन्दा पनि स्वस्थ खाना खानु आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशकी उपाध्यक्ष बिमला पाण्डेले आयुर्वेदले स्वस्थ जीवनशैली, खानपान, योग, व्यायाम र रोगको रोकथाममा जोड दिने बताइन् । उनले सञ्चारमाध्यम मार्फत आयुर्वेद सेवाबारे सूचना तथा जनचेतना प्रवाह हुँदा नागरिकको आयुर्वेद सेवातर्फ आकर्षण बढ्दै गएको बताईन् । उनले स्थानीय तह, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र सञ्चारकर्मीबीचको सहकार्यले सेवा विस्तारमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले दैनिक जीवनमा प्रयोग हुने धेरै घरेलु उपचार पद्धति आयुर्वेदसँग सम्बन्धित रहेको बताए । उनले एलोपेथिक उपचारले छिटो परिणाम दिने भए पनि आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएको र पछिल्ला वर्षहरूमा सेवा लिनेको संख्या निरन्तर वृद्धि भएको उल्लेख गरे ।

त्यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीले आफ्नै व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा चुनौती रहेको उल्लेख गर्दै नयाँ भवन निर्माणका लागि बजेट सुनिश्चित हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले विकास तथा व्यवस्थापनका केही सरकारी सूचकका आधारमा सिन्धुलीको आयुर्वेद चिकित्सालय बागमती प्रदेशकै अग्रणी संस्थामध्ये एक रहेको बताउँदै भवन निर्माणपछि सेवालाई अझ प्रभावकारी बनाउन सकिने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले पाइल्स, फिस्टुला र फिसरजस्ता रोगहरूको विशेषज्ञ चिकित्सक मार्फत सस्तो तथा सुलभ दरमा उपचार सेवा उपलब्ध गराइँदै आएको जानकारी दिए । जिल्लाका केही स्थानमा गैरप्राविधिक व्यक्तिहरूले महँगो शुल्क लिएर उपचार गरिरहेको भन्दै नागरिकलाई सरकारी आयुर्वेद सेवाबारे सचेत गराउनुपर्ने आवश्यकता पनि औंल्याए ।

कार्यक्रममा कार्यालयका निमित्त कार्यालय प्रमुख दीपकराज तिमिल्सिनाले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आयुर्वेद तथा पञ्चकर्म सेवा मार्फत आर्थिक वर्ष २०८२÷८३ मा ५३ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको बताएका छन् । चिकित्सालयले बहिरङ्ग (ओपीडी), पञ्चकर्म, योग, प्रयोगशाला तथा अन्य आयुर्वेदिक सेवाहरू प्रदान गर्दै आएको उनले जानकारी दिए ।

चिकित्सालयको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको र करिब तीन करोड रुपैयाँ बजेट सुनिश्चित भएको पनि उनले जानकारी दिएका छन् । साथै क्षारसूत्र (माइनर ओटी) सेवा सञ्चालनमा ल्याइएको, जलौका उपचार (लिच थेरापी) सुरु गरिएको तथा प्रदेश र संघ सरकारका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको तिमिल्सिनाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकाको बजेट एक अर्व छब्बिस करोड

Next Post

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied