सिन्धुली । बाह्रौं विश्व योग दिवसका सन्दर्भमा शनिबार सिन्धुलीमाढीमा प्रभातफेरी तथा सकारात्मक उर्जा सम्बन्धि मोटिभेसनल प्रवचन दिईएको छ ।
साताव्यापी कार्यक्रम अनुसार योग साधना केन्द्र रातामाटाबाट बजार परिक्रममा गर्दै ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र शिवनगरसम्म गई प्रभातफेरी समापन गरिएको थियो ।
योग साधकहरुको उक्त ¥यालीपछि ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीमा सकारात्मक उर्जा, मेडिटेशन र योगका महत्वका बारेमा प्रवचन सहित योगाभ्यास गरिएको थियो । कार्यक्रममा ब्रह्मकुमारी संगिता गुप्ताले प्रवचन दिएकी थिईन् ।

























