सिन्धुली । गोलञ्जोरको आलडाँडामा इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढ्दा करेन्ट लागेर शनिबार दिउँसो १ जनाको मृत्यु भएको छ ।
गोलञ्जोर गाउँपालिका वडा नं. ५ आलडाँडामा दिउँसो करेन्ट लागेर घाईते भएका तिनपाटन गाउँपालिका वडा नं. २ कदमे घर भई हाल कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास बस्ने ४२ वर्षिय रामलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले बताएका छन् । श्रेष्ठ करेन्ट लागेपछि विजुलीको पोलबाट तल खसेका थिए ।




















