सिन्धुली । मदनभण्डारी राजमार्गमा मंगलबार हाईलेक्स गाडी दुर्घटना भएको छ । कमलामाई नगरपालिका वडा नं. १३, माथिल्लो रानीबासमा भएको दुर्घटनामा परि चारजना घाईते भएका छन् ।
झापाबाट भिमानतर्फ आउँदै गरेको बा १८ च ९८८३ नम्बरको हाईलक्स गाडी अनियन्त्रित भई सडकको छेउमा भएको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ का ५३ वर्षिय लक्ष्मी, ५६ वर्षिय रिना सिंह, ४५ वर्षिय लक्ष्मी कटुवाल र ४३ वर्षिय लक्ष्मी सिंह घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुबेदीले बताएका छन् ।
घाइतेहरुलाई उपचारका लागि बर्दिबासमा रहेको जनसेवा अस्पतालमा पठाइएको सुवेदीले जानकारी दिए । घाईतेहरुको उपचारमा गाडी चालक ओम नारायण सिंह संलग्न रहेका छन् ।





















