• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

स्वास्थ्य बिमाको सकसमा सिन्धुली अस्पताल

बिमला पाण्डे by बिमला पाण्डे
साउन ७, २०८२
in Health, Featured, News, Province 3
0

Share via:

64 Shares
  • Facebook 64
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मंगलबार विहान ९ बजेदेखि सिन्धुली अस्पतालको औषधि वितरण कक्षमा आमाको औषधि लिन गएका कमलामाई नगरपालिका वडा नं. ५ मधुटारका हर्कनारायण श्रेष्ठले ३ बजेसम्म आमाको औषधि निकाल्न सकेनन । ३ बजेपछि मात्र आमाको लागि आवश्यक औषधि पाएका उनीसँगै धेरै सेवाग्राहीहरु लाईनमा थिए । उनीहरु बिहानैदेखि लाईनमा रहेको र औषधि पाउन नसकिरहेको बताईरहेका थिए ।

कर्मचारीहरुले काम गर्न नखोजेको पनि हैन । स्वास्थ्य बिमाको सर्भरमा समस्या आएकाले काम गर्न असहज भएको जानकारी सेवाग्राहीहरुलाई कर्मचारीले गराईरहेका थिए । उनीहरुले बिमाको कार्ड हेर्नासाथ भन्थे, ‘सर्भरमा समस्या छ, ढिलो हुन सक्छ है पर्खनुस ।’सर्भर सञ्चालनमा आएको समस्याका कारण टिकट काउन्टरमा रहेका कर्मचारीले सेवाग्राहीलाई सकेसम्म जनरल टिकट काट्न अनुरोध गरिरहेका थिए । बिमाको टिकट काट्न समय लाग्ने भएपछि कतिपय आपतकालिन बिरामीले जनरल टिकट लिईरहेका थिए । तर असारको अन्तिम सातादेखि स्वास्थ्य बिमा बोर्डको सर्भरमा समस्या आएका कारण सेवाग्राहीलाई निकै समस्या भएको छ भने कर्मचारीहरु समेत हैरानीमा छन ।

स्वास्थ्य बिमाको प्रथम बिन्दुका रुपमा सेवा प्रवाह गरिरहेको यो अस्पताल बागमती प्रदेश स्तरीय अस्पताल पनि हो । जहाँ साधारणतया ४, ५ सय बिरामी दैनिक उपचार सेवा लिन आउँछन । अप्रेशन सेवा समेत निरन्तर दिईरहेको अस्पतालमा विरामीहरुले आफै औषधि खरिद गर्नुपर्ने अवस्था छ । केहि दिन अघि छोराको एपेन्डिक्सको शल्यक्रिया गर्न आएका शिक्षक सुरज अधिकारीले करीब ७ हजारको सामग्री अस्पताल बाहिरको क्लिनिकबाट लिए । बिमाबाट लिन मिल्ने केहि औषधि समेत अस्पतालले उपलब्ध गराउन सकेन । अस्पतालमा पुग्दा अधिकांश विरामीको गुनासो स्वास्थ्य बिमाबाट उपचार लिन समस्या भईरहेको हुन्छ ।

अस्पतालका सूचना अधिकारी राजकुमार गोलेले साउन लाग्ना साथ अस्पतालमा सेवा लिने बिमित बिरामीको संख्या ह्वात्तै बढेको छ । तर अस्पतालमा स्वास्थ्य विमाको सेवामा समस्या देखिएसँगै सेवा दिन सकस भएको छ । उता बिमाको रकम माघदेखि भुक्तानी नहुँदा अस्पताल चरम आर्थिक संकटमा समेत परेको र अब बिमाको सेवा सञ्चालन गर्ने की नगर्ने भन्ने अवस्थामा पुगेको गोलेले बताएका छन ।
बिमा बोर्डले बिमा दावी रकम भुक्तानी नगरिदिँदा अस्पताल सञ्चालनमा नै कठिनाई भएको हो । सिन्धुली अस्पतालको २०८१ माघदेखि २०८२ असार मसान्तसम्मको ७ करोड रकम स्वास्थ्य विमा बोर्डले भुक्तानी गरेको छैन । जसका कारण सिन्धुली अस्पतालले औषधि खरिद, व्यवस्थापन लगाएतको ३ करोड ५ लाख ६४ हजार ७२० रुपैंया ऋण तिर्न सकेको छैन । अस्पतालको आन्तरिक श्रोतको रकम बिमाका विरामीको उपचारको लागि औषधि खरिदमा खर्च भएका कारण आन्तरिक श्रोत परिचालनमा समेत अस्पतालमा समस्या छ ।

अस्पतालका लेखा शाखा प्रमुख गजेन्द्र घर्तिका अनुसार अस्पतालमा कार्यरत कर्मचारीहरुको मंसिरदेखि असारसम्मको प्रोत्साहन रकम भुक्तानी दिन अस्पतालले सकेको छैन । अस्पतालमा आवश्यक नियमित औषधि खरिद गर्न समस्या भएको छ । अस्पतालले दिन सक्ने कतिपय औषधि तथा स्वास्थ्य सामग्री सेवाग्राहीलाई बाहिर किन्न पठाउन अस्पताल बाध्य छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कर्मचारीको प्रोत्साहन रकम करिब डेढ करोड भुक्तानी हुन नसक्दा कर्मचारीले काम गर्ने उच्च मनोवल समेत नभएको घर्ति बताउँछन । सरकारले स्वास्थ्य बिमालाई थप प्रभावकारी र व्यवस्थित बनाउने गरि नीति बनाए सिन्धुली अस्पतालमा उपचारका लागि आएका स्वास्थ्य बिमा भएका सेवाग्राही र अस्पतालले नै सकस भोगिरहेका छन । सिन्धुली अस्पतालमा मात्र हैन जिल्लाका प्रथम स्वास्थ्य उपचार विन्दु तोकिएका प्राथमिक स्वास्थ्य केन्द्रहरु लाम्पानटार, बेलघारी, दुधौली र कपिलाकोटमा पनि भुक्तानीमा समस्या रहेको छ ।

स्वास्थ्य विमा बोर्ड सिन्धुलीका प्रमुख सुदिना दाहालले सर्भरमा आएको समस्याका कारण सेवा प्रवाहमा समस्या भएको बताईन । उनले तथ्यांक अपडेट भईरहेकाले सर्भरमा समस्या भएको जानकारी दिईन । उनले अस्पतालमा रकम भुक्तानीका विषयमा केहि जानकारी नभएको समेत बताएकी छिन । सिन्धुलीमा जम्मा जनसंख्याको करीब ४६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा जोडिएको उनको दावी छ । उनका अनुसार १ लाख ४० हजार जनसंख्याले स्वास्थ्य बिमा गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रकाशकीय : जिम्मेवार सञ्चारमा पन्ध्रौं वर्ष प्रवेश

Next Post

योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied