सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सचेतता अपनाउन अनुरोध गरेको छ ।
चिनियाँ अधिकारीहरुले तिब्बत क्षेत्रका न्यालममा वर्षा भईरहेको र मंगलबार राती बढी वर्षा हुने जनाएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोटेकोशी हुँदै सुनकोशीमा बाढी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले सूचना जारी गर्दै सुनकोशी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने हुँदा नदी आसपासका बासिन्दाहरुलाई सतर्कता अपनाउन अनुरोध गरेका हुन ।
सूचनामा विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी चलाउँदा समेत ध्यान दिन समेत आग्रह गरिएको छ ।





















