• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली कला घरमा सुरु भयो ‘राष्ट्रिय कला महोत्सव’

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र २८, २०८१
in Featured, Entertainment, News, Province 3, Society
0

Share via:

107 Shares
  • Facebook 107
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली कला घरको आयोजनामा कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा राष्ट्रिय कला महोत्सव सुरु भएको छ । एक सातासम्म चल्ने महोत्सवको विहिबार वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कला महोत्सवको उद्घाटन गरेका छन । लामाले महोत्सवको उद्घाटन गर्दै कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन । कला महोत्सवले कला र संस्कृतिको उजागर गर्ने विश्वास समेत व्यक्त गरे ।

मौलिक कला संरक्षण गर्ने, कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने, कला सिर्जनाको आविश्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा कलाघरलाई विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्यले महोत्सव सुरु भएको हो । महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने गरि स्टलहरु राखिएको छ साथै विभिन्न जातजातीका झाँकी, मौलिक संस्कृति झल्कने पोशाकहरु, अर्गानिक खानेकुराहरु लगाएतका स्टलहरु राखिएको छ ।

नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटनमा नेवार, दनुवार, सुनुवार, तामाङ लगाएत जातजातीको झाँकी, खैजडी भजन, पञ्चेवाजाका प्रस्तुतीहरु राखिएको थियो । महोत्सवमा विभिन्न जातीय कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । जातीय पहिचान झल्कने पोशाक लगाएर फोटो खिच्न पाउने व्यवस्था समेत गरिएको छ ।

नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरु समेत महोत्सवमा राखिएका छन । यस्तै हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन समेत गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु महोत्सवको अवधिमा गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु पनि राखिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, प्रमुखहरुको उपस्थिति रहेको छ । कला महोत्सवमा सहभागि हुनेले कलाघर निर्माणमा सहयोग गर्न, कला दान गर्न सक्ने व्यवस्था गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विशेषगरि कलाघर र सिन्धुलीगढीलाई जोडेर प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । पाँच दिनमा जिल्ला र जिल्ला बाहिरका गरि १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने आँकलन कलाघर सिन्धुलीको छ । कला महोत्सव हेर्नका लागि १ सयको टिकट राखिएको छ । यहाँका कलाहरुको अवलोकन, प्रचार प्रसार र प्रवद्र्धनमा महोत्सव फलदायी हुने विश्वास लिईएको कलाघरका संयोजक सुमन थापा मगरले बताए । उनका अनुसार महोत्सव आयोजना गर्न १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

महोत्सव सम्पन्न गर्न जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय सहकार्य गरिएको छ । स्थानीय संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, व्यवसायीहरु, खेलकुद, कलासँग सम्बन्धित संघसंस्थाहरु लगाएतसँग सहकार्य गरिएको छ । महोत्सवमा शुक्रबारदेखि सिन्धुली अस्पतालले स्वास्थ्य परिक्षणको काम समेत गर्नेछ ।

कला महोत्सवको उद्घाटनमा कलाघर निर्माण अभियानका कलाकारहरु र उनीहरुका अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा कलाघरलाई स्थापनाकालदेखि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संघसंस्था, सरकारी निकायलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

यस्तै कला महोत्सवमा कलादान अभियान सञ्चालन गरिने छ । क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा क्रियाशिल मौलिक झाँकी संस्कृति समूहहरुलाई सम्मान समेत गरिने छ । पुराना मौलिक संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरि महोत्सव गरिने छ । महोत्सवमा संविधानसभा सदस्य मोहन प्रसाद बराल, बागमती प्रदेशसभा सदस्यहरु छेत्रबहादुर बम्जन, रामकुमार पहाडी, कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जनप्रतिनिधिहरु, जिल्लाका सुरक्षा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु, स्थानीयहरु, कलाकारहरु लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

छुट पूर्जी बिनाको चिरान काठ बरामद

Next Post

मरिणका अधिकांश व्यवसाय दर्ता र नविकरण विना सञ्चालित

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied