सिन्धुली । मरिण र दुधौलीमा भएको छुट्टाछुट्टै आगलागी दुई वटा गोठ जलेका छन । मंगलबार राती मरिण गाउँपालिका वडा नं. ४ डण्डीटोलमा कालिमाया माझीको गोठमा आगलागी भएको छ ।
आगो लाग्दा माझीको १ तले काठ र खरको गोठ जलेर नष्ट भएको छ । मदिरा सेवन गरि माझीको घरमा आगो लगाउने कालीमायाका छोरा ४१ वर्षिय राम बहादुर माझी रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय सक्रियतामा आगो नियन्त्रणमा लिईएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै दुधौली नगरपालिका वडा नं. ४ खनियाँमा जंगलको आगो गोठमा सल्किँदा टायल लगाएको १ वटा गोठ जलेको छ । ढोडाखानी सामुदायिक वनबाट सल्केको आगोले राम बहादुर राईको गोठ जलेको हो ।
आगलागीबाट गोठमा रहेको १ वटा बाख्राको पाठी जलेको प्रहरीले जनाएको छ । आगलागीबाट ४० हजार बराबरको क्षती भएको आँकलन प्रहरीले गरेको छ । वन र गोठमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।





















