सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले शनिबार ७३ औं स्थापना दिवस मनाएको छ । अनेमसंघ सिन्धुलीले नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालय अगाडि दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका स्थायी कमिटी सदस्य मिथिला फुयाँलले अनेमसंघले महिला आन्दोलन र अधिकार प्राप्तीका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिन ।
उनले नेपालको महिला आन्दोलनको अगुवाई अनेमसंघले गरेकै कारण महिला अधिकार कानुनी रुपमा स्थापित गर्न सकिएको बताईन ।
अनेमसंघका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
स्थापना दिवसका अवसरमा अनेमसंघले आइतबार पालिका स्तरका अनेमसंघका नेताहरु र जनप्रतिनिधिहरुलाई प्रशिक्षण समेत दिने भएको अनेमसंघका सचिव रमा कार्कीले बताईन ।





















