सिन्धुली । सिन्धुलीका प्रतिभाशाली युवा कमेडियन दिनेश काफ्लेको नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउने भएको छ । काफ्लेले आफ्नो निर्देशनमा यो शो ल्याउन लागेका हुन् ।
शोमा क्यारिकेचर कमेडियनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्न लागेको कमेडी रियालिटी शो को हाल सेट डिजाइनको काम भइरहेको छ । काफ्लेको निर्देशनमा बन्ने उक्त सो फागुनमा प्रसारण गर्ने तयारी भईरहेको छ ।
शोको डिजिटल राइट्समा ओएसआर डिजिटलले लिएको छ भने राष्ट्रिय टेलिभिजन मार्फत कार्यक्रम प्रसारण तयारी भैरहेको काफ्लेले बताए ।
काफ्लेले भने,‘हामी अहिले स्टुडियोको काममा ब्यस्त छौं, शो नेपालका लागी मात्र नभई वल्र्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरूका लागी छुट्टै शो बनेको छैन ।’
शो को छिट्टै हामी डिजिटल अडिसन समेत खुल्नेछ । शोमा तीन निर्णायक हुनेछन् । निर्णायक अहिले छनौटको क्रममा छन् । मिमिक्रीसँगै अभिनय गर्नेहरुलाई लक्षित गरेर निर्णायक टिम बनाउने योजना निर्माण टिमको छ ।
शोको बिजेतालाई कार र नगद उपहार प्रदान गरिने घोषणा गरिएको छ । साथै विजेताले विदेशका केही कार्यक्रममा प्रस्तुति दिने अवसर समेत हुने छ ।




















