सिन्धुली । सिन्धुलीकी युवा गजलकार अमला अधिकारीलाई भानु जयन्ती तथा सहिद स्मृति दिवसमा सम्मान गरिने भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले गजलकार अधिकारी सहित ३ जनालाई उक्त अवसरमा सम्मान गर्न लागेको हो ।
सिर्जना साधक प्रा.डा. निर्मोही व्यास, जलेश्वरी श्रेष्ठ र गजलकार अधिकारीलाई संगठनले एकैसाथ सम्मान गर्न लागेको हो ।
उनीहरुलाई भानु जयन्ती तथा सहित स्मृति दिवस २०८१ का अवसरमा शुक्रबार सम्मान गरिने छ ।
उनीहरुलाई संगठनले आयोजना गरेको खुला गजल प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रममा सम्मान गरिने भएको हो ।





















