• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

‘अपडेट छैनन् सरकारी निकायका वेभसाईड’

बिमला पाण्डे by बिमला पाण्डे
असार १६, २०८१
in Society, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका सरकारी कार्यालयका अधिकांश वेभसाईडहरु अपडेट छैनन । सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका लागि सबै सार्वजनिक निकायहरुले वेभसाईड वा सामाजिक सञ्जालका पेजहरुमा आफ्ना स्वत प्रकाशन गर्ने सूचनाहरु अपडेट गर्नुपर्ने भए पनि जिल्लाका अधिकांश सरकारी निकायका वेभसाईडहरु नखुल्ने, अपडेट नहुने, हाल्नैपर्ने विवरण समेत अपडेट नगरेको पाईएको छ ।

जिल्लामा केहि दिन अघि गरिएको अनुगमनको प्रतिवेदनले समेत सोहि कुरालाई पुष्टि गरेको छ । जिल्ला हुलाक कार्यालय सिन्धुलीले आइतबार सूचनाको हक सम्वन्धि जिल्ला स्तरीय अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा रहेका ४३ वटा सरकारी कार्यालयमा जम्मा २० वटा कार्यालयहरुले मात्र सूचनालाई सार्वजनिक गर्ने गरेको पाईएको जनाएको छ ।

तथ्यांक अनुसार जिल्लामा रहेका संघ तर्फका २१ वटा सरकारी कार्यालयहरुमा १३ वटा, प्रदेश अन्तर्गतका १३ वटा कार्यालयमा ६ वटा कार्यालय र ९ वटा स्थानीय तहमध्ये १ वटा स्थानीय तहको मात्र वेभसाईड अपडेट गरिएको पाईएको छ ।

जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले राष्ट्रिय सूचना आयोगले सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तक्र्रियामा उक्त कुरा जानकारी दिएका हुन । जिल्लाका महत्वपूर्ण कार्यालयका वेभसाईडहरु अपडेट नै छैनन ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारीले जिल्लाका सरकारी निकायहरुका वेभसाईडहरु अपडेट नहुँदा नागरिकले सूचना पाउनबाट बञ्चित हुनुपरेको बताए । उनले निवेदन पेश गर्दा समेत मागेको अनुसार सहज ढंगले सूचना पाउन नसकिएको बताउँदै सूचना अधिकारी जिम्मेवार व्यक्तिलाई तोक्न समेत सुझाव दिए । उनले गैह्र सरकारी निकायको नियमन नभएको बारेमा समेत प्रश्न गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरी घिमिरेले सूचना अधिकारीले नै सूचना दिन अटेर गर्ने गरेको बताए । उनले स्थानीय तहमा भएका अनियमितताका सूचना लिन बञ्चित हुनुपरेको समेत बताए ।

वेभसाईड, फेसबुक अपडेट छन : प्रजिअ
प्रमुख जिल्ला अधिकारी भरत खनालले जिल्लामा रहेका सरकारी कार्यालयहरुका वेभसाईड तथा सामाजिक सञ्जालका पेजहरु अपडेट रहेको दावी गरेका छन । सूचनाको हकलाई कार्यान्वयन गर्न र सहज सूचना प्रवाह गर्न नियमित बैठक र निर्देशन दिने काम समेत भईरहेको उनले बताएका छन । केहि सरकारी कार्यालयका वेभसाईडहरु केन्द्रको नियन्त्रणमा भएकाले समस्या भएको उनले बताए । उनले सिस्टममा अभिलेखिकरण हुन नसक्दा समस्या भएको बताए ।

हामीले नै सूचना पाउँदैनौं : उपप्रमुख कार्की
जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले आफु सरकारी निकायमा रहे पनि सरकारी निकायकै सूचना पाउन धौ धौ पर्ने बताईन । अन्तक्र्रिया कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कार्कीले सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकारी निकायलाई आग्रह समेत गरिन । कार्यक्रममा बोल्दै वेभसाईडको सूचना सबै नागरिकले हेर्न नसक्ने बताउँदै नागरिकले सहज रुपमा सूचना पाउने गरि सूचना प्रवाह गर्न समेत आग्रह गरिन ।

७२ प्रतिशत पुनरावेदन स्थानीय तहको : सूचना आयुक्त
राष्ट्रिय सूचना आयोगको आयुक्त रत्न प्रसाद मैनालीले आयोगमा परेका पुनरावेदनमा सबैभन्दा बढी स्थानीय तहको भएको बताए । उनले ७२ प्रतिशत पुनरावेदनका निवेदन स्थानीय तहले सूचना नदिएको सम्बधि पर्ने गरेको बताए । पछिल्लो समय जनप्रतिनिधिले सूचना नदिएको भनेर आउने उजुरी बढी रहेको मैनालीले बताए ।

मैनालीले सूचनाको हक कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधिहरुमा मतभिन्नता बढेको बताए । उनले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिलाई जवाफदेहि नबनाएकाले समस्या बढेको बताएका छन । उनले पुनरावेदनको संख्या बढ्न थालेको भए पनि नागरिकमा सूचनाको हक सम्बन्धि जागरुकता नआएको समेत जानकारी दिए ।

जिल्लाका कार्यालय प्रमुखहरु, सूचना अधिकारीहरु, सञ्चारकर्मी तथा सरोकारवालासँग गरिएको अन्तक्र्रियामा राष्ट्रिय सूचना आयोगका सचिव होम प्रसाद लुईटेलले सूचनाको हक सम्बन्धि प्रस्तुति गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

एमाले सिन्धुलीले मनायो धान दिवस

Next Post

एसईईमा फिक्कलको नतिजा उत्कृष्ट, पचासी प्रतिशत विद्यार्थी उत्तिर्ण

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied