• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

राष्ट्रिय परिचयपत्रको सकस : भिडभाड र गर्मिमा सेवाग्राहीलाई सास्ती

जिल्ला प्रशासन कार्यालयलाई जनशक्ति र उपकरण व्यवस्थापनमै समस्या

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ३१, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

38 Shares
  • Facebook 38
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दिउँसोको चर्को गर्मिमा लाईनमा बसेकी सुनकोशी गाउँपालिका ६, खाल्टेकी अपांगता भएकी महिला चन्द्रकुमारी माझी विहिबार दिउँसो करीव साढे तीन बजेसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा थिईन । दुई दिनदेखि उनी जिल्ला प्रशासन कार्यालयमा छिन । अपांगता भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको विवरण भर्न उनी त्यहाँ आएकी हुन । कनपा ७ माझीटारमा रहेको छोरीको घरमा बास बसेको बताउने उनले अझै काम नसकिएको बताईन । भन्दै थिईन, ‘खै आज काम सकिएला की ?’

उनी जस्तै कमलामाई नगरपालिका वडा नं. ८ करकरेकी ९१ वर्षकी विष्णुमाया श्रेष्ठ पनि जिल्ला प्रशासन कार्यालयमा भेटिईन । उनले लाईनमा बस्न गाह्रो भएको बताईन । ‘यहाँ आएर फोटो नखिचे भत्ता पाउँदैन भनेको छ,’ उनले भनिन । माझी र श्रेष्ठ जस्तै जिल्लाभरका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, एक महिलाहरु लगाएत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा भेटिन्छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा केहि दिन देखि यसरी नै अपांगता भएका, जेष्ठ नागरिक, एकल महिला लगाएतका नागरिकहरुको भिड लाग्ने गरेको छ । जिल्लाका नौ वटै पालिकाबाट सामाजिक सुरक्षा भत्तामा जोडिएका नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन लाईनमा लागेका हुन ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आजकाल भिडभाड बढेको छ । नियमित व्यक्ति भन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने नागरिक प्रशासनमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विगत ३ हप्तादेखि सेवाग्राहीको भिडभाड बढ्न थालेको हो । यो भिडभाड १५, १६ दिनदेखि अत्यधिक रहेको प्रमुख जिल्ला अधिकारी भरत खनालले बताएका छन । उनका अनुसार नियमित रुपमा ५०, ६० जना राष्ट्रिय परिचयपत्र बनाउन आउने जिल्ला प्रशासन कार्यालयमा आजभोली दैनिक ४ सय भन्दा बढी नागरिकहरु आउने गरेका छन ।

राष्ट्रिय परिचयपत्रसँगै नागरिकताको प्रतिलिपीमा समेत उत्तिकै भिडभाड छ । पुरानो नागरिकता र स्टिकर नटाँसिएका नागरिकता स्क्यान नहुने बाध्यताका कारण सेवाग्राहीले प्रतिलिपी लिनुपर्ने भएपछि नागरिकता प्रतिलिपीमा समेत भिड लागेको छ । जिल्ला प्रशासनले प्रतिलिपी नागरिकता दैनिक १ सय भन्दा बढी बनाईरहेको प्रजिअ खनालले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

भत्तासँगै सरकारले सवारी चालक अनुमति पत्रका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएपछि युवाहरु समेत राष्ट्रिय परिचयपत्रका लागि आएका छन । प्रशासनले युवाहरुलाई भिडको अवस्था हेरेर टोकन दिने गरेको छ तर जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको हकमा टोकन अनिवार्य छैन ।

सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अन्य शाखामा काम गर्ने कर्मचारीलाई राष्ट्रिय परिचयपत्रमा थप गरेको छ । नियमित रुपमा २ वटा काउन्टरबाट सेवा दिएको प्रशासनले ४ वटा काउन्टरबाट काम सुरु गरेको छ । कर्मचारीले विहान साढे नौ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर काम गरिरहेका छन ।

सकेसम्म नागरिकलाई एकै दिनमा काम सकेर पठाउने वातावरण बनाउन प्रयास गरिरहेको प्रजिअ खनालले बताएका छन । परिचयपत्र र नागरिकताको काममा आफु पनि फाँटमै बसेर काम गरिरहेको उनले बताए । जेष्ठ नागरिक अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको अवस्था हेरेर प्राथमिकताका साथ सेवा दिने प्रयास गरिएको समेत उनले जानकारी दिए । नागरिकता प्रतिलिपीका लिनुपर्नेहरुका लागि चाहिँ केहि समय लाग्ने उनले बताए ।

बत्तिस हजार परिचयपत्र वितरण गरिदैं

राष्ट्रिय परिचयपत्र बनाउन आउने मात्र हैन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले छापिएर आएका जिल्लाबासीको राष्ट्रिय परिचयपत्र वितरण पनि सँगै गरिरहेको छ । कार्यालयले छापिएर आएका ३२ हजार कार्ड मध्ये करीब ७ हजार कार्ड वितरण गरिसकेको जनाएको छ । नागरिकहरु कार्ड लिन नआएका कारण सबै कार्ड बाँड्न नसकिएको प्रजिअ खनालले बताएका छन ।

‘हामीले म्यासेज गरेका छौं, सेवाग्राहीले कार्ड लिन आउनुभएको छैन’, उनले भने । सिन्धुलीमा शिविर मार्फत पालिकास्तरमा गएर परिचयपत्रको विवरण दर्ता गरेका नागरिकको कार्ड आउन भने बाँकी रहेको छ । परिचयपत्र प्रिन्ट भएर बसेको र भिडभाड कम भएपछि ल्याएर बाँडिने खनालले जानकारी दिएका छन ।

गर्मिले सास्ती

राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकलाई गर्मिले सास्ती दिएको छ । गर्मि र भिडभाडले गर्दा जेष्ठ नागरिकहरु भूईं भुईंमा बसेको जिल्ला प्रशासनमा देख्न सकिन्छ । सबैलाई बस्ने व्यवस्था गर्न प्रशासनले सकिरहेको छैन । ‘सकेसम्म सहज बनाउने कोशिस गरेको’ प्रशासनले जनाएको छ । अति अप्ठ्यारोमा परेका बाहेक सबैले बस्न ठाउँ पाएका छैनन । केहि बेञ्चहरु राखेर बस्ने ठाउँको व्यवस्थापन त गरिएको छ तर पर्याप्त भएको छैन । अति गर्मिका कारण जेष्ठ नागरिकलाई प्रभाव परेसँगै कमलामाई पार्टी प्यालेसबाट २ वटा कुलर ल्याएर चलाईएको प्रजिअ खनालले बताएका छन । खानेपानीको व्यवस्था गर्न समेत प्रशासनलाई धौ धौ परिरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

Next Post

तीनपाटन १ बालमैत्री वडा घोषणा गर्ने तयारी

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied