सिन्धुली । गोलञ्जोरको विभिन्न ठाउँमा भएको आगलागीबाट पाँच घर र दुई गोठ जलेका छन । शनिबार गोलञ्जोर गाउँपालिका वडा नं. ७ माथिल्लो बारामा भएको आगलागीमा ३ घर जलेका छन भने गोलञ्जोर गाउँपालिका वडा नं. १ रिट्ठाबोटमा आगलागीबाट २ घर र २ गोठ जलेका छन ।
आगलागीमा परि गोलञ्जोर ७ माथिल्लो बारामा वनबाट सल्केको आगो घरमा सक्किदा तीन घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन घर जल्दा आठ लाख बराबरको क्षती भएको छ ।
आगलागीबाट भक्त बहादुर श्रेष्ठको बसोबास नभएको माटो, ढुंगाको घर, गणेश बहादुर थापाको ढुंगा माटोको घर र राम बहादुर वि.कको आरन जलेर नष्ट भएको हो ।
यस्तै शनिबार राती कुँडो पकाउँदा गोठमा सल्केको आगोले वडा नं. १ रिट्ठाभिरमा शेर बहादुर चौहानको ढुंगा माटोले बनेको जस्ताले छाएको २ वटा घर २ वटा गोठ जलेर नष्ट भएको छ । उनको घर भित्र रहेको ४० मुरी धान, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, ८ तोला सुन जलेको छ ।
आगलागीमा परि ७ वटा बाख्रा, ९ वटा कुखुरा मरेका छन । उक्त आगलागीमा २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरञ्जीवि दाहालले बताए । दुवै स्थानको आगो नियन्त्रणमा आईसकेको समेत दाहालले जानकारी दिए ।