• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुले आवतजावतमा अवरोध गरेको आरोप

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २९, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुले स्थानीयलाई बाटोमा हिडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाउँदै आएको बताईएको छ । कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट हिडडुल गर्न र वनमा घाँसदाउरा काट्न, घाटमा मलामी जान रोक लगाउँदै आएको स्थानीयले बताएका छन ।

मंगलबार कनपा ५ का वडाध्यक्ष पूर्ण बहादुर खड्कालाई अँधेरी खोलामा बन्दै गरेको कल्भर्ट अनुगमनमा जाँदा अनुयायीहरुको दुव्र्यवहारमा परेपछि यो कुरा सार्वजनिक भएको हो । अनुगमनमा परिचय दिँदा समेत जान नदिएपछि खड्का र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरुले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि स्थानीयलाई धाकधम्कि दिने, हिडडुल गर्न रोक लगाउने, वनमा घाँस दाउरा गर्न जान समेत नदिने गरेको सार्वजनिक भएको हो ।

मैत्री मंगलमका अनुयायीहरुले हिड्डुल गर्न अनुमति नभएको र बाटोमा हिड्न दिन मिल्दैन भन्दै आफुलाई अनुगमनमा जान समेत रोक लगाएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले बताए । उनले भने, ‘कपाल पालेका, निलो ड्रेस लगाएका व्यक्तिहरुले आफुलाई अनुगमन गर्न जान दिएनन ।’ म वडाअध्यक्ष हुँ, अनुगमनमा जान लागेको भनेर परिचय दिँदा समेत नदिएको बताउँदै खड्काले नागरिकले धेरै दुःख पाएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष एवम् सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हितलाल श्रेष्ठले तपस्वी बम्जनको पहिरे क्षेत्रमा चारवटा सामुदायीक वन उपभोक्ता समूहका उपभोक्ताहरु प्रमाभवित भएको बताए । उनका अनुसार दक्षिणकाली सामुदायिक वन, चनदेवी सामुदायिक वन, सिद्धठाकुर सामुदायिक वन र सरस्वती वन उपभोक्ता समूहका उपभोक्तालाई समस्या परेको बताए । उनका अनुसार बेसारे, धापसार लगाएतका गाउँका नागरिकले हिडडुल गर्न समेत नपाएको बताए । यस्तै कुलोखोलाको मसानघाटमा लास लिएर जाँदा समेत मैत्री मंगलमका टोलीले अवरोध गर्दै आएको उनले बताएका छन । कुलोखोला देखि तीन दोभानसम्मको अँधेरी खोला क्षेत्रको तीन किलोमिटर बाटोमा मैत्री मंगलमका अनुयायीहरुले अवरोध गरिरहेको उनले बताए । श्रेष्ठले सामुदायिक वनका उपभोक्ताहरुले वनको संरक्षण र उपयोग गर्न समेत नपाएको बताए । डर, धम्कि र त्रासमा स्थानीयहरु रहेको भन्दै भएबाट मुक्ति पाउनुपर्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य मैना श्रेष्ठले वनमा घाँस काट्न नदिने, कराउने, जे पनि गर्न सक्छौं भन्ने, फोटो खिचेर राख्ने लगाएतका गतिविधि गरेको बताईन । उनले दुई दिन अघि अन्तिम पटक सम्झाउँछौं, मानेनौ भने जे पनि गर्छौं भनेर धम्काएको बताईन ।

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्वको अवस्था सृजना भएको बताए । उनले विगतमा पनि स्थानीयहरुसँग पटक पटक झडप भएको र फेरी पनि झडपको अवस्था आएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रेडक्रस अभियानमा सहयोग गर्नेलाई सम्मान

Next Post

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied