
चुनाव आउँदा ढाल बनिदिनुपर्ने
हर चुनौतीमा सतिसाल बनिदिनुपर्ने
तपाई महांकाल हामी कंकाल बनिदिनुपर्ने ?
अवसर आउँदा बेहाल बनिदिनुपर्ने ?
ल कमरेड भनि बक्सियोस्
अनि युवा किन खाडी नभासियोस ?
विद्यालय सुधार रे ? नीजि स्कुल तपाईको
जो सँग लडाई छ उहिसँग हिडडुल तपाईको
उद्योग कलकारखाना स्रोत तपाईको
दलालहरुसँग ओतप्रोत तपाईको
अझै कतिदिन पत्याईदिनुपर्ने
हाम्रा व्यवहार जहिल्यै लत्याईदिनुपर्ने ?
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस ?
त्यो माइलाको छोरा तपाईको उद्योगमा अयोग्य
त्यो साइलाको छोरा तपाईको योगमा अयोग्य
कतै हुनै लाग्दा तपाइको संयोगमा अयोग्य
अवसरको घेरा आफन्तहरुको मातहत
सक्रिय युवा पंक्ति जहिल्यै हताहत ?
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस ?
पच्चीस वर्ष अघि पनि तपाइको अहिले पनि तपाईको
हामी चुप बस्दिनुपर्ने जहिले पनि तपाईको
अझ हाम्रै उछितो खन्ने रुद्र घन्टी तपाईको
किन लाग्नु बेकार जन्ती तपाईको
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस ?




















