सिन्धुली । सिन्धुलीका निर्माण व्यवसायीले प्राईम कमर्सियल बैंकको सिन्धुली शाखाले नियम विपरित ठगी गरेको जनाएका छन । उनीहरुले प्राईम कमर्सियल वैंक सिन्धुली शाखाले ओडि, हाईपो, गाडी र घरजग्गा ऋणीमा तिर्नु परेको अत्यधिक व्याज, बैंक जमानतमा तिर्नुपरेको कमिसन लगाएतका विषयमा बैंकले मनपरि गरेको जनाएको छ ।
कोरोना कालमा समेत अन्य बैंकले व्याज र किस्तामा सहुलियत गरेको भए पनि प्राईम कमर्सियल बैंकले कुनै सुविधा नदिएको व्यवसायीहरुले जनाएका छन ।
उनीहरुले ओडि, हाईपो, गाडी र घरजग्गा ऋणीमा तिर्नु परेको १५ प्रतिशत व्याज लिएको भन्दै अरु बैंक सरह ११ प्रतिशत भन्दा तल झार्नुपर्ने व्यवसायीहरुले माग गरेका छन । यस्ते उनीहरुले बैंक जमानतमा लाग्ने ०.३५ प्रतिशत भन्दा माथि लिएको भन्दै कमिसन घटाउन माग गरेका छन ।
यस्तै निर्माण व्यवसायीहरुले विना सूचना पेन्डिङमा रहेका ज्ञारेन्टीको कमिसन लिने नियम खारेज गर्न समेत बैंकसँग अनुरोध गरेका छन । उनीहरुले बैंकले ऋणीहरुका मागको वेवास्ता गरि एकतर्फी रुपमा बैंक अगाडि बढे सम्पूण कारोबार रोकी कानुनी उपचारका साथै आन्दोलिन हुने चेतावनी सहित प्रभु बैंकको सिन्धुली शाखालाई निवेदन दिएका छन ।
यसरी निवेदन दिनेमा छेत्र बहादुर बम्जन (इमानुयल कन्ट्रक्सन प्रालि), उद्धव प्रसाद दाहाल (सृजना निर्माण सेवा), नेत्र बहादुर बम्जन (तामाङ मरिण कन्ट्रक्सन प्रालि), विजय कुमार श्रेष्ठ (गौरीमाई कन्ट्रक्सन प्रालि), सूर्य बहादुर तामाङ (पि.टि.आर. कन्ट्रक्सन प्रालि), दिल बहादुर बम्जन (सिन्धुली विल्डर्स), तेज बहादुर श्रेष्ठ (दाहाल निर्माण सेवा), खुन बहादुर पुलामी (पुलामी निर्माण सेवा), दान बहादुर तामाङ (बम्जन निर्माण सेवा), विशाल कुमार श्रेष्ठ (एविएण्डएस कन्ट्रक्सन प्रालि), बम बहादुर स्याङतान (भूमिका एण्ड सम्भव निर्माण सेवा), कुसल पोखरेल (सुदिप विल्डर्स प्रा.लि), बाबुराम तामाङ (हिमानी काव्य निर्माण सेवा) र तुलसीराम श्रेष्ठ (निर्माण व्यवसायी संघ सिन्धुली अध्यक्ष)ले निवेदन दिएका हुन । उनीहरुले प्राईम कमर्सियल बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंकलाई समेत बोधार्थ दिएका छन ।





















