सिन्धुली । पहिरोमा परि हरिहरपुरगढी गाउँपालिकाका ५ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । पहिरोमा परेका एक जनाको उद्धार गरिएको छ ।
मकवानपुरको बागमती गाउँपालिका ५, सिक्रे दोभान बस्दै आएका अक्कल बहादुर स्याङतानको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन भने एक जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिँदा अक्कलबहादुरकी पत्नि सन्तमाया स्याङ्तानको मृत्यु भएको छ । उनको उद्धार गरि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
पहिरोमा परि अक्कल बहादुर स्याङ्तान, हरिहरपुरगढी १ ककरे घर भएकी उनकी छोरी २३ बर्षिया शिला स्याङ्तान, ज्वाईं २६ वर्षीय जीवन पहरी, नाती ३ वर्षीय देव पहरी र नातिनी ७ महिनाको दिव्या पहरी बेपत्ता भएका छन ।
पहिरोमा परि स्याङतानको घरमा पाहुना गएका हरिहरपुरगढी १ कोक्टीका १९ वर्षे पासाङ घिसिङको हरिहरपुरगढी १ को बगेरी भन्ने स्थानबाट उद्धार गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले जानकारी दिएका छन ।




















