सिन्धुली । विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं. ७ को खोजचोकमा मंगलबार विङ्गर गाडी दुर्घटना हुँदा तीनजना घाईते भएका छन । धनुषाबाट काठमान्डौतर्फ जाँदै गरेको विङ्गर व्रेक फेल भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गणेशनाथ चारधाम ५ धनुषाका ३८ वर्षिय सितादेवी साफी, सोहि ठाउँका ३५ वर्षिय हरिदेव साफी, २१ वर्षिय शिवकुमार साफी घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।
उनका अनुसार घाईतेको अवस्था सामान्य नै रहेको छ । उनीहरुको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भईरहेको छ ।




















