सिन्धुली । सर्पले टोकेर सिन्धुलीको दुधौलीमा एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार विहान घरको पीढिमा हिड्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।
सर्पले टोकेर दुधौली नगरपालिका वडा नं. १० कर्थाकी ६२ वर्षिय शिव कुमारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उनको उपचारका क्रममा फुलकुमारी महतो मेमोरियल हस्पिटल सिरहामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।
विहान साढे पाँच बजे सर्पले टोकेको र उनलाई सर्पदंश उपचार केन्द्र दुधौली ९ मा सामान्य उपचार पछि सिरहा लगिएको थियो । दुधौलीमा केहि दिन अघि एकैघरका दुई बालकको पनि सर्पले टोकेर ज्यान गएको थियो ।




















