सिन्धुली,२७फागुन/तीनपाटन गाउँपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा सिन्धुलीगढी मिडिया प्रा.लीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष कणर् थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीतेन्द्र गिरीले संगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रममा विद्यालयको भौतिक अवस्था र प्रविधि मैत्रि बनाउन माग , रसायनिक मल, सडकको स्तरउन्नती, वडा कार्यालयबाट हुने सेवा प्रवाहमा ढिला सुस्ती भएको जस्ता विषयलाई उठान गरिएको थियो ।
कार्यक्रममा तीनपाटन १० का ज्ञान प्रसाद तिमल्सीनाले पालिकाले सार्वजनिक गरेको पुस्तकमा तीनपाटनको ईतिहासका बारेमा केही छुट भएकाले यसलाई सुधार गर्न माग गरेका छन । उनले सरकारले विद्यालयमा दिएको दिवाखाजा वापतको रकम थप गर्न पालिका समक्ष माग समेत गरे । १५ रुपैयाले बालबालिकालाई खाजा नपुग्ने भएकाले यसमा पालिकाको तर्फबाट केही रकम थप गर्न उनले माग गरेका छन ।
यसैगरी तीनपाटन ७ का अम्वर श्रेष्ठले मावि तोश्राम खोलामा केही समय अगाडी छात्रा माथी भएको दुरव्यवहारको छानविन गरी शिक्षक माथि कारवाही गर्न माग गरे । तीनपाटन ५ का विनोद खत्रिले वडा कार्यालयमा एउटा मात्र कम्प्यूटर हुदाँ तीन वटा काम लिएर गयो भने घण्टौँ वस्नु पर्ने बाध्यता रहेको भन्दै यसलाई निराकरण गर्न माग गरे ।
तीनपाटन ४ का विमल भुजेल, अव्जनाथ अधिकारीले रसायनिक मलको अभाव र कालोबजारी भई रहेको भन्दै सहज उपलव्धता र कालो बजारी अन्त गर्न माग गरे । अधिकारीले गाउँमा सिटामोल समेत नपाएको भन्दै यसको व्यवस्थापन गर्न माग गरे ।अधिकारीले पालिका भित्र ट्याङकरबाट पानि छर्केर भएपनि सडकको धुलो न्यूनिकरण गर्न माग गरे ।
यसैगरी शेरवहादुर भण्डारीले पालिकाले रसायनिक मललाई विस्थापित गर्ने गरी प्राङगारिक मल बनाउने तर्फ कृषकलाई आकर्षित गर्न आग्रह गरे । शुशिल भण्डारीले दुधौली बाट तीनपाटन तर्फ र सदरमुकामबाट तीनपाटन जोड्ने सडकको गुणस्तरको विषयमा पालिकाले खवरदारी गर्नु पर्ने बताए ।
तीनपाटन १का कृष्ण अधिकारीले उपभोत्ता समिति निर्माण प्रक्रिया के हो ? तीनपाटन १ र २ जोड्ने झोलुङगे पुल कहिले वन्छ, स्थानीयको विमा भुत्तानी के हुन्छ, लालपूर्जा वितरण कहिले हुन्छ, स्थानीय कृषकहरुले संचालन गरेका व्यावसायहरु वन्द हुदैँ छन पालिकाको धारणा के छ भन्ने जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष कणर् थापा, उपाध्यक्ष धनवहादुर पुलामी, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरी कृषि तथा पशु शाखाका प्रमुखहरुले प्रश्नकर्ताको जिज्ञासा मेटाएका थिए । सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण विदुर पौडेल,अनिल भण्डारी र पोष्टराज भण्डारीले गरेका थिए ।
























