सिन्धुली । जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा मत दिनका लागि दुईवटा अस्थायी मतदान केन्द्रको स्थापना गरिएको हो ।

कारागार कार्यालय सिन्धुलीमा रहेका कैदी बन्दीहरुका लागि कारागार कार्यालय सिन्धुलीमा मतदान केन्द्रको स्थापना गरिएको हो । सिन्धुली कारागारमा ११३ जना कैदी बन्दीले मतदान गर्नेछन ।
जिल्ला कारागारमा ७३१ जना पुरुष, ७८ जना महिला र ११ जना आश्रित बालबालिका रहेका छन ।
यस्तै कर्मचारीहरुका लागि समानुपातिक मत खसाल्नका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयमा मतदान केन्द्र स्थापना गरिएको मुख्य निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।




















