सिन्धुली । ने.क.पा एमाले सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधीसभा उमेदबार प्रदिप कटुवालले पैसा खर्च गरेर चुनाव जित्ने सपना कसैले नदेख्दा हुने बताएका छन ।
चुनावि सभालाई संबोधन गर्दै कटुवालले पैसाले पद प्राप्त हुने भए विश्व राजनीतिमा धानढहरुकै नेतृत्व हुने थियो , धेरै देशमा हामिले जनमतका कारण सत्ता त्याग्नु परेको हामिले देखेका छौ उनले भने । अहिले केहि उमेदबारहरु पैसाको बलमा चुनाव जित्ने अभियानमा जुटेकाले त्यस्ता सपना त्याग्न आग्रह गरे ।
एमालेलाई मतदान गर्नु पर्ने कारण स्पष्ट पार्दै सहि ढंगले मत जाहेर गर्न उपस्थित सर्वसाधारणहरुलाई आग्रह गर्दैै एमालेलाई कसरी मतदान गर्ने भन्ने विषयमा सर्बसाधारणलाई मतदाता शिक्षा दिन अगुवा कार्यकर्तालाई आग्रह गरे । गठवन्धनले लामो समय सत्ताको नेतृत्व गर्दा देशमा विकास गर्नको सट्टा अस्थिरता सृजना गर्दै महंगी, भ्रष्टचार, अत्याचार, बेथिती सृजना गरेको र विकास अभियानलाई ठप्प पारेकोले यिनीहरुलाई बहिस्कार गर्नुपर्ने बताए ।
उनले कम्युनिष्ट प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, के.पि. ओलि जनताको हितमा काम गर्न थालेको स्मरण गर्दै जनताले उनिहरुको कामको मूल्याङ्कन गर्दै एमालेलाई मत दिनु पर्ने बताए ।





















