सिन्धुली । सिन्धुलीको आकाशमा आज सुनौलो दृष्य देखिएको छ । लामो समय देखिएको उक्त दृष्यमा सूर्यलाई बादल र इन्द्रेणीको घेराले घेरिएको थियो । उक्त दृष्य मोवाईल फोनको क्यामेराबाट समेत कैद गर्न र प्रत्यक्ष हेर्न सकिएको थियो ।

आकाशमा देखिएको यो दृष्य अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ भने अनेक तर्क वितर्कहरु भएका छन ।
के हो यो दृष्य ?
आकाशमा सिरस बादलका कारण यो दृष्य देखिएको हो । बादल २० हजार फिट माथि हुने विभिन्न वेभसाईडहरुमा उल्लेख गरिएको छ । उक्त बादलमा आइसका कणहरु हुन्छन जुन क्रिष्टल जस्तै आकारमा हुन्छन । सूर्यको प्रकाशका कारण ती आईसका टुक्राहरु चम्किलो देखिने गरेको समेत उल्लेख छ ।
यसको संकेत भनेको अतिवृष्टि (हावा हुरी, आँधी, वर्षा र हिउँ) अत्यधिक पर्ने संकेत हो । कहिलेकाहिँ यस्तो दृष्यले लामो खडेरीको समेत संकेत गरेको जानकारहरु बताउँछन । यस्तो दृष्य कहिलेकाहिँ चन्द्रमामा पनि देखिन्छ ।
धार्मिक मान्यता अनुसार इन्द्र देवताले सभा राखेको र यसले देशमा संकट आउने वा देश सञ्चालकलाई अप्ठ्यारो पार्ने संकेतका रुपमा लिने गरेको बुढापाकाहरु बताउँछन ।




















